आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

बेइजिङमा पक्राउ परेका नागरिकलाई रिहा गर्न जापानको आग्रह

बेइजिङमा पक्राउ परेका नागरिकलाई रिहा गर्न जापानको आग्रह

एजेन्सी । जापान सरकारले चिनियाँ कानुन उल्लङ्घन गरेको आरोपमा यसै महिना बेइजिङमा पक्राउ परेका एक जापानी नागरिकलाई रिहा गर्न चीनसँग आग्रह गरेको छ ।

जापानी सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले बेइजिङस्थित जापानीे दूतावासलाई यसै महिना चीनको घरेलु कानुन उल्लङ्घन गरेको आरोपमा ५० वर्षीय एक जापानी नागरिकलाई बेइजिङमा पक्राउ गरिएका जानकारी गराएका हुन् ।

उनले ती व्यक्तिको पहिचान, उनको कथित अपराध वा उनी कहिले पक्राउ परेका थिए भन्नेबारे कुनै विवरण दिएनन् ।

मात्सुनोले भने, “यो घटनाबारे हामीले थाहा पाएदेखि नै ती नागरिकलाई तत्काल रिहा गर्न जापानी सरकारले जोडदार आग्रह गर्दै आएको छ । टोकियोले ती व्यक्तिसँग बाणिज्य दूताबासको पनि माग गरिरहेको उनले बताए ।

यसअघि, सन् २०१९ को अक्टोबरमा जासुसी गरेको आरोपमा एक जना जापानी प्राध्यापकलाई चीनले पक्राउ गरेको थियो । तर, उनलाई अर्को महिना रिहा गरिएको थियो । उनि तत्काल जापान फर्किएका थिए । सन् २०२० को मार्चमा पनि चीनको विदेश मन्त्रालयले जापानमा विश्वविद्यालयका प्राध्यापकका रूपमा कार्यरत एक चिनियाँ व्यक्तिलाई पक्राउ गरेको बताएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend