आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै, पछिल्लाे २४ घण्टामा ६९ जनामा कोरोनाभाइरस पुष्टि

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै, पछिल्लाे २४ घण्टामा ६९ जनामा कोरोनाभाइरस पुष्टि

काठमाडौँ । बितेको २४ घण्टामा ६९ जनामा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ सय ६६ जनामा गरिएको नमुना परीक्षणमा ६९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमितमध्ये ४४ जनामा एन्टीजेन र २५ जनामा आरटीपीसीआर परीक्षण गर्दा पुष्टि भएको हो । गएको २४ घण्टामा सङ्क्रमित भएकामध्ये अधिकांश नेपाल भारत सीमा नाका हुँदै नेपाल प्रवेश गर्नेहरू रहेको स्वास्थ्य मन्त्रालयमा सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

सोमबार एकाएक सङ्क्रमित बढेको तथ्याङ्कले देखिएको छ । आइतबार सङ्क्रमितको सङ्ख्या १६ जना थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend