
मंसिर 8 काठमाडौं जाडो महिनामा कपालमा बढी चाँया पर्छ । टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहन्छ । यस्तो वेला टाउकोमा सेता, मसिना फुस्रा दागहरू देखिन्छन्, जसलाई हामी चायाँ भन्छौँ । धेरै मानिसलाई चाँयाले सताइरहेको हुन्छ । यहाँ चाँयाबाट मुक्ति पाउने केहि उपायहरुको बारेमा चर्चा गरिएको छ ।
एक कप दहीमा एक कप वेसन मिलाएर कपालमा राम्ररी लगाउने र करिब दुई घन्टापछि धुनुहोस । यो प्रक्रिया केही दिन लगातार गरेमा चायाँ निको हुँदै जान्छ । कपालमा नियमित रुपले नविरलको शुद्ध तेल लगाउँने गर्नाले पनि चाँया हटाउन मद्दत गर्छ । अमला र रिट्ठा मिसाएर कपालको जरासम्म लगाउने र यसको दुई घन्टापछि सफा पानीले धुने गरेमा पनि चायाँ हट्छ । नुहाउनुभन्दा एक घन्टा अगाडि कागतीको रसले टाउको मालिस गरेमा चायाँको समस्याबाट मुक्ति पाउन सकिन्छ ।
अन्य ब्यक्तिले प्रयोग गरेका ब्रस, तकिया, काईंयो सकेसम्म प्रयोग नगर्नुहोस । अण्डा फुटाएर कपालमा राम्रोसँग लगाउने र एक घण्टा पछि त्यसलाई पखाल्ने गर्नाले चाँयाबाट मुक्ति पाउन सकिन्छ । यसमा हल्का सेम्पु प्रयोग गर्न सकिन्छ । धूलो, धूँवा र अत्याधिक घाममा हिँड्दा टाउको छोपेर हिड्ने गर्नु पर्दछ । जसले गर्दा टाउकोमा फोहर जम्मा हुन पाउँदैन र चाँया पर्ने सम्भावना कम हुन्छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend