logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिएम कन्दङ्वा राष्ट्रिय प्रतिभा सम्मान प्राडा गोविन्दराज भट्टराईलाई दिइने

    सिएम कन्दङ्वा राष्ट्रिय प्रतिभा सम्मान प्राडा गोविन्दराज भट्टराईलाई दिइने

    3.5K
    Shares
    सिएम कन्दङ्वा राष्ट्रिय प्रतिभा सम्मान प्राडा गोविन्दराज भट्टराईलाई दिइने

    काठमाडाैँ ।  यस वर्षको सिएम कन्दङ्वा राष्ट्रिय प्रतिभा सम्मान २०७९ प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईलाई दिइने भएको छ ।

    नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा सो सम्मान प्रदान गर्ने तयारी रहेको कोषका संरक्षक रबिन कन्दङ्वाले जानकारी दिए । फागुन २९ गते मोरङ पथरीमा औपचारिक कार्यक्रमको आयोजना गरी रु एक लाख एक हजार बराबर रकमको सो सम्मान प्राडा भट्टराईलाई प्रदान गर्न लागिएको हो ।

    यससँगै रु ५१ हजार राशिको सिएम कन्दङ्वा युवा राष्ट्रिय प्रतिभा सम्मान २०७९ सङ्गीत क्षेत्रमा योगदान पुर्‍याउँदै आएका अनिल फागोलाई प्रदान गरिने भएको छ । यस वर्षबाट थप गरिएको  ११ हजार राशिको सुशीला कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान २०७९ बाट स्थानीय पत्रकार अर्जुन जम्नेली राईलाई सम्मान गर्ने तयारी रहेको संरक्षक कन्दङ्वाले जानकारी दिए ।

    सिएम (चन्द्रमान) कन्दङ्वा लामो समयसम्म शिक्षण पेसामा आबद्ध रहेका थिए । शिक्षण पेसामा रहेकै बेलादेखि नै माक्र्सवादी राजनीतिमा होमिनुभएको थियो । पूर्वी नेपालमा संस्थागत विद्यालय स्थापना गर्नेदेखि साहित्यमा कलम चलाउनेसम्मका काम कन्दङ्वाले गरेका थिए ।

    विसं १९८१ मा दार्जिलिङमा जन्मिनुभएका कन्दङ्वाका तीनवटा उपन्यास र दुईवटा कथासङ्ग्रहसमेत प्रकाशित रहेका छन् । कन्दङ्वा छवटा भाषाका ज्ञातासमेत रहेका थिए । कन्दङ्वाको विसं २०६२ फागुन २५ गते निधन भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend