logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • डलर दुई सातायताकै सस्तो

    डलर दुई सातायताकै सस्तो

    1.8K
    Shares
    डलर दुई सातायताकै सस्तो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि तोकेको विदेशी विनिमय दरअनुसार अमेरिकी डलर दुई हप्तायताकै सस्तो भएको छ । गत फागुन ३० गते १३१ रुपैयाँ ७० पैसा रहेको डलरको विक्रीदर बुधवार पुनः १३१ रुपैयाँ ८१ पैसामा झरेको छ ।

    मंगलवार राष्ट्र बैंकले तोकेको अमेरिकी डलरको विक्रीदर १३२ रुपैयाँ १० पैसा थियो । बैंकहरूले भने १३१ रुपैयाँ ७० पैसादेखि १३१ रुपैयाँ ९० पैसाको बीचमा रहेर डलर विक्री गरेका थिए । यसले पनि बुधवार डलरको मूल्य घट्ने संकेत गरिसकेको थियो ।

    गत चैत ३ गते १३२ रुपैयाँ ६८ पैसासम्म उक्लिएको डलरको भाउ डेढ हप्ताको बीचमै उच्चतम विन्दुबाट ८७ पैसा घटिसकेको छ । अमेरिकी डलरसँगै चिनियाँ युआनको विक्रीदर पनि घटेको छ । तर, युआनको मंगलवार र बुधवारको विक्रीदरमा चार पैसाको मात्रै फरक छ । मंगलवार १९ रुपैयाँ १९ पैसा रहेको चिनियाँ युआनको विक्रीदर बुधवार १९ रुपैयाँ १५ पैसामा झरेको छ ।

    बुधवार युरोको विनिमय दर भने बढेको छ । बुधवारका लागि युरोको विक्रीदर १४२ रुपैयाँ ६२ पैसा तोकिएको छ । मंगलवार युरोको विक्रीदर १४२ रुपैयाँ २१ पैसा तोकिएको थियो । बैंकहरूले भने १४१ रुपैयाँ ९१ पैसादेखि १४२ रुपैयाँ ९१ पैसाको बीचमा रहेर युरो विक्री गरेका थिए । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

     

      सम्बन्धित विषय:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend