logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रतिनिधि सभा बैठकको शुन्य समय : कुन सांसदले के भने ?

    प्रतिनिधि सभा बैठकको शुन्य समय : कुन सांसदले के भने ?

    1.9K
    Shares
    प्रतिनिधि सभा बैठकको शुन्य समय : कुन सांसदले के भने ?

    काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले मिटरब्याजको जड सरकार भएको बताएका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले मिटरब्याजको जड साहु नभएर सरकार भउको बताएका हुन् ।

    उनले सरकारले देशलाई अस्तव्यस्त बनाएर शासन गर्न खोजेको बताए । उनले सरकारले गरिबी र अशिक्षामाथि शासन गर्न खोजेको बताए । सिंहले देशमा मिटरब्याज, सेन्टिमिटर ब्याज र मिलिमिटर ब्याज गरी तीन प्रकारको ब्याज रहेको टिप्पणी गरे ।

    उनले भने– ‘मिटरव्याजी पीडितहरु हाम्रो राज्य सञ्चालनको ऐना हो । राज्यले नै ३ थरिको व्याज तय गरेको छ । मिटरब्याज, माइक्रोफाइनान्सबाट सेन्टिमिटर ब्याज र बैंकबाट मिलिमिटर ब्याज । मिलिमिटर व्याज उद्योगपतिहरुलाई दिइन्छ । मिटरब्याजको जड साहु होइन सरकार हो । सरकार यो देशलाई अस्तव्यस्त बनाएर, गरिवलाई झन गरिव बनाएर शासन गर्न खोजेको हो । गरिवी र अशिक्षामाथि सरकारले सरकार सञ्चालन गर्न खोजेको हो । कहिले पनि शिक्षाको विकास गर्दैन । गरिवको चिन्ता गर्दैन ।’

    प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले नुवाकोटको मेकाङ भन्ने ठाउँमा राष्ट्रिय तामाङ संग्रहालय बनाउन माग गरे ।

    प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरीले देशमा व्यापारीहरुलाई व्यापार घाटा भइरहेको बेलामा बैंकहरुले भने मुनाफा कमाइरहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

    प्रतिनिधि सभा सदस्य असिम शाहले एक महिनादेखि मन्त्रालयहरु मन्त्रि विहीन भएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले नेताहरुले गरिरहेको भागबन्डालाई जनताले नियालीरहेको उल्लेख गरे । त्यस्तै उनले १ मिनेट शुन्य समय अपुग भएको भन्दै शुन्य समयलाई २ मिनेट पुर्याउन माग गरे ।

    प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले सरकारले बुढीगण्डकी जलविद्युत आयोजनामा ठूलो रकम रकमान्तर गरेर योजनालाई नै अन्योलतर्फ धकेल्ने काम गरेको बताए । उनले सरकारले आयोजनालाई असफल बनाउन लागेको आरोप लगाए । उनले रकमान्तर फिर्ता गर्न अनुरोध गरे ।

    प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवालले सामुदायिक विद्यालयमा दिइदै आएको खाजा भत्ता वृद्धि गर्न माग गरे ।

    प्रतिनिधि सभा सदस्य गगन थापाले नागरिकता सम्बन्धी कानून संसदको यही सत्रमा टेबल गर्न सरकारको ध्यानाकर्षण गराए । उनले भने– ‘हाम्रो बिचमा समझदारी भइसकेको जन्मसिद्धका सन्तानहरुले संविधानत्ः नागरिकता पाउनुपर्ने कुरालाई कार्यान्वयन गर्न आमाको नाममा नागरिकता पाउनुपर्ने विषयहरुलाई कार्यान्वयन गर्ने सन्दर्भ जसमा हामी एकमत छौँ । ति विषयहरुलाई मात्र समेटेर भएपनि सरकारलाई अविलम्ब संसदबाट पारित गर्ने गरीकन नागरिकता सम्बन्धी कानून यही सदनमा, यही सत्रमा टेबल गर्नका लागि म गम्भिर ध्यानाकर्षण गराउन चाहान्छु ।’

    उनले राजनीतिक दलहरुका बिचमा सहमती भइसकेका विषयहरुलाई समेटेर नेपाली बाबुआमा बाट जन्मिएका सन्तानलाई नागरिकता दिनुपर्ने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend