logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • वीरगंजस्थित नारायणी अस्पतालमा जनशक्ति थप गर्न सरकारसँग माग

    वीरगंजस्थित नारायणी अस्पतालमा जनशक्ति थप गर्न सरकारसँग माग

    2.6K
    Shares
    वीरगंजस्थित नारायणी अस्पतालमा जनशक्ति थप गर्न सरकारसँग माग

     

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले वीरगंजस्थित नारायणी अस्पतालमा जनशक्ति थप गर्न सरकारसँग माग गरेका छन् ।

    सो अस्पतालमा विरामीको चाप बढेकाले चिकित्सकसहितको थप जनशक्तिको पनि सरकारले तत्काल व्यवस्था गर्नुपर्ने उनको भनाई थियो । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले सो अस्पतालका लागि आवश्यक उपकरणको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

    उनले नारायणी रंगशालाको जिर्णोदारको लागि बजेटको तत्काल व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । सांसद यादवले भने, ‘नारायणी अस्पताल वीरगंजमा विरामीहरुको संख्या धेरै बढि छ । बारा, पर्सा, रौतहट, सर्लाही र भारतका समेत नागरिकहरु सेवा लिन नारायणी अस्पताल आउँछन । तर, जनशक्ति त्यहाँ अत्यन्तै कम छ । समग्रमा कुरा गर्ने हो भने त्यहाँ १५० जना चिकित्सकहरुसहितको जनशक्ति छ त्यहाँ । तर, राज्यको त्यहाँ ध्यान पुगेको छैन । म सभामुख महोदयमार्फत् नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु–नारायणी अस्पतालमा दरबन्दीको व्यवस्था होस् । उपकरणको व्यवस्था होस् । साथसाथै नारायणी अस्पताल अहिले जीर्ण भईसकेको छ । त्यहाँको स्थानीयको श्रमदानको बनेको सो अस्पताल हो । त्यसमा नेपाल सरकारको लगानी छैन ।’

    सांसद यादवले मधेश प्रदेशको नमूना रंगशालाको रुपमा रहेको सो रंगशाला खेल खेल्न नमिल्ने अवस्थामा पुग्दा पनि सरकारले ध्यान नदिएको गुनासो समेत गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend