logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • उपसभापति खड्का उपप्रधानसहित रक्षा मन्त्री बन्दै

    उपसभापति खड्का उपप्रधानसहित रक्षा मन्त्री बन्दै

    2.1K
    Shares
    उपसभापति खड्का उपप्रधानसहित रक्षा मन्त्री बन्दै

    काठमाडौं । नेपाली कांग्रेसबाट मन्त्रिपरिषद्‍मा पार्टी उपसभापति पूर्णबहादुर खड्का सहभागी हुने भएका छन्। कांग्रेसबाट सरकारको नेतृत्व गर्दै खड्का पहिलो चरणमा उपप्रधानमन्त्रीसहित रक्षा मन्त्री बन्ने निश्चित भएको हो ।

    कांग्रेसले मन्त्रिपरिषद्‍मा अर्थ, परराष्ट्र, रक्षा, स्वास्थ्य, उद्योग, भूमि व्यवस्था र महिला तथा बालबालिका मन्त्रालय पाउने सम्भावना रहेको छ।

    प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनका ९ दलसँग पहिलो चरणमा मन्त्रिपरिषद्‍ विस्तारका लागि १/१ जनाको नाम मागेका छन्।

    सम्भवत् प्रधानमन्त्री दाहालले आजै पहिलो चरणका मन्त्रीहरुलाई शपथ खुवाउने तयारी गरेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend