
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पहिलो चरणमा उपाध्यक्ष डा. बेदुराम भुसाललाई सरकारमा पठाउने भएको छ । बुधवार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष भुसाललाई पहिलो चरणमा सरकारमा पठाउने निर्णय गरेको हो ।
भुसाल राष्ट्रियसभा सदस्य हुन् । एकीकृत समाजवादी पार्टीका संस्थापक महासचिव समेत रहेका भुसाल केही दिनअघि मात्रै पार्टी उपाध्यक्षमा बढुवा भएका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend