मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

बिना निष्कर्ष सकियो सत्ता गठबन्धनको बैठक, प्रधानमन्त्री चितवनबाट फर्केपछि बैठक बस्ने

बिना निष्कर्ष सकियो सत्ता गठबन्धनको बैठक, प्रधानमन्त्री चितवनबाट फर्केपछि बैठक बस्ने

काठमाडौं । सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ ।

प्रधानमन्त्री प्रचण्ड भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यासलगायत विभिन्न कार्यक्रमका लागि बैठक बीचमै छाडेर चितवन उडेपछि बालुवाटारमा बिहान बसेको बैठक बिना निष्कर्ष सकिएको हो ।

कुन दलले कुन मन्त्रालय लिने भन्ने टुंग्याउन आज बिहान बालुवाटारमा बसेको बैठक बसेको थियो ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन जानुपर्ने भएकाले कुन दलले कुन मन्त्रालय लिने भन्नेमा दलहरूले विस्तृतमा छलफल गर्न नपाइएको बताएका छन्।

प्रधानमन्त्री दाहाल चितवनबाट फर्केपछि दिउँसो २ बजे पुनः सत्ता गठबन्धन बैठक बस्नेछ।

कुन दलले कति मन्त्रालय लिने संख्या टुंगिए पनि कुन कुन मन्त्रालय लिने भन्ने टुंग्याउन बाँकी छ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend