logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • संक्रमणकालिन न्यायको विषय अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप अगाडी बढ्नुपर्छ : अध्यक्ष ओली

    संक्रमणकालिन न्यायको विषय अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप अगाडी बढ्नुपर्छ : अध्यक्ष ओली

    2.1K
    Shares
    संक्रमणकालिन न्यायको विषय अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप अगाडी बढ्नुपर्छ : अध्यक्ष ओली

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालिन न्यायसँग सम्बन्धित विषय अन्तर्राष्ट्रिय स्तरमा मान्य हुनेगरी अगाडी बढाउनुपर्ने बताएका छन् । बिहीवार रिपोर्टर्स क्लव नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संक्रमणकालिन न्यायसँग सम्बन्धित विषयहरु अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप अगाडी बढाउनुपर्ने बताएका हुन् ।

    उनले अन्तर्राष्ट्रिय समुदायलाई मान्य हुनेगरी सर्वोच्च अदालतले गरेको फैसलाका आधारमा अगाडी बढ्नुपर्ने बताए । त्यस्तै पीडितले न्याय पाउनुपर्ने बताए । अध्यक्ष ओलीले पीडितलाई न्याय नदिने गरी फास्ट ट्रयाकको नाममा अगाडी बढाउन खोजिएको भन्दै त्यसो गरिएमा आफूहरुले बिरोध गर्ने बताए ।

    उनले भने– ‘अन्तर्राष्ट्रिय रुपमा विश्व समुदायलाई मान्य हुने हो । विभिन्न देशमा अपनाइएको विधिहरु छन् । अन्तर्राष्ट्रिय मापदण्ड छ यसको । त्यो अन्तर्राष्ट्रिय मापदण्ड अनुसार, अन्तर्राष्ट्रिय समुदायलाई पनि मान्य हुनेगरी । हाम्रो सर्वोच्च अदालतले फैसला गरेको छ, त्यसको आधारमा । दण्डहिनता भयो भन्ने होइन, दण्डहिनताको अन्त्य गरिएको छ भन्ने हुनेगरी । पीडितले परिपूरण र न्याय पाउनेगरी । उनीहरुको घाउमा मल्हमपट्टी लगाउनेगरी । यि कुराहरु मैले राखेको छु । पीडित केन्द्रित हुनुपर्छ । अहिले गर्न खोजेको के भन्दा, पीडितले न्याय पाउने पीडित केन्द्रित कुरा हो । पीडितलाई न्याय नदिएर या बलजफ्ती सहमति भयो भनेर दबाइएर, राज्यसत्ताको दुरुपयोग गरेर, त्यसरी गर्न मिल्दैन । अहिले फास्टट्रयाक भन्ने ? फाष्टट्रयाक किन ? १८ वर्ष बित्यो । एक महिनामा हुन्छ भन्ने दुई दिनमा तपाई छलफल नै गर्न नदिइकन बहुमत छ, भनेर यसप्रकारको मजाक गर्न पाउनुहुन्छ तपाई नेपाली जनतासँग ? संसदजस्तो गरिमामय ठाउँमा प्रक्रियागत ढंगले छलफल पनि नगरीकन फास्टट्रयाक तपाईलाई अहिलेको अहिले किन चाहियो ? यसको बिरोध हुन्छ । यदी यस ढंगले, गलत ढंगले चल्न खोजियो भने सहमति हुन सक्दैन । बिरोध हुन्छ ।’

    अध्यक्ष ओलीले सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा सार्वजनिक बिदा दिएकोप्रति असन्तुष्टि जनाउँदै सो बिदालाई पात्रोबाट हटाउने चेतावनी दिए । माओवादीहरुले गरेको युद्ध जनयुद्ध नभएर हिंसा भएको उनको भनाई छ । उनले हिंसा दिवसलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन नसकिने बताए । उनले शहीद घोषणा पनि सरकारले छानबिन नगरीकन गरेको भन्दै त्यसको विरोध गरे ।

    उनले भने– ‘०५२ सालदेखि नै जनयुद्ध होइन भनेर जनयुद्धको बिरोध गरिराखेको हो । गलत बाटो भनेको । र मैले यसको लगातार बिरोध गरेको छु । जनयुद्ध नै होइन । त्यो एउटा सेन्टिमेन्टमा आएर अब नेताको के स्वार्थ हो, कार्यकर्तालाई सेन्टिमेन्टमा महान परिवर्तन गरिन्छ भनेर लगाइएको थियो । उनीहरुको दोष छैन । तर नेताहरुले जे गरे त्यो जनयुद्ध थिएन । जनयुद्ध त्यसलाई भनिदैनँ । त्यो एउटा हिंसा थियो । त्यस हिंसाले द्वन्द्व जन्मायो । दुखद् परिणाममा देश पुग्यो । त्यसको हामीले व्यवस्थापन ग¥यौँ । जनयुद्ध भएको भए सफल पार्नुपथ्र्यो । ५७ सालमा मैले माओवादी आन्दोलन पनि होइन एउटा समाधान हो जसको समाधान गर्नुपर्छ भनेको थिएँ । हामीले कहिलेपनि त्यसलाई महान जनयुद्ध भनेका छैनौँ । महान जनयुद्ध भनेर बिदा गर्ने, राष्ट्रको उत्सव हो भनेर सत्ताको दुरुपयोग गरेर उधुम मच्चाउने, सरकारमा मेरो पार्टी छदाँछँदै प्रचण्डले एकतर्फी रुपमा त्यो गर्नुभयो । मैले उहाँलाई आलोचना गरेँ । मैले त्यतिबेला पनि ठिक भनेको छैन । फागुन १ गते नेपाली जनताले हिंसा दिवसलाई कुन राष्ट्रिय उत्सव हो भनेर मनाउने ? अनि राष्ट्रिय उत्सव भनेर बिदा दिएर अबदेखि वार्षिक क्यालेण्डरमा रहन्छ । त्यो क्यालेण्डरबाट उडाइनेछ । यस्तो कुराहरु । त्यो क्यालेण्डर स्यालेण्डरमा गरेर हुन्छ ? राष्ट्रिय उत्सव, राष्ट्रिय चाड, राष्ट्रिय पर्व हुन्छ ? हिंसा । यो वाहियात काम हो । शहीद घोषणा गर्ने ? कहाँ छानबिन ग¥यो को–को शहीद हो ? को–को होइन ?’

    अध्यक्ष ओलीले प्रधानमन्त्रीले भारत भ्रमणको समयमा भारतले नेपालको सीमा मिचेको विषय उठ्ने नउठ्ने हो त्यो हेरिरहेको बताए । सीमा मिचिएको विषय साउती गर्ने विषय नभएको भन्दै उनले सार्वजनिक रुपमा छलफल गर्नुपर्ने बताए ।

    उनले भने– ‘यो कुनै गोप्य साउती गर्नुपर्ने कुरा हो ? हाम्रो देशको भूमि खुम्चिएको छ । हाम्रो नक्शा अलि भित्रसम्म आउने स्थिति बनेको छ । अझ खुम्चिएको छ भने यो कुरा कानमा साउती गरेर खुसुखुसु गर्ने विषय हो र ? यो सार्वजनिक रुपमा छलफल गर्ने विषय होइन ? नेपाली जनतालाई जानकारी गराउनुपर्ने विषय होइन ? र हाम्रा मित्रहरुबाट गल्ती भएको छ भनेपनि तपाईबाट यो गल्ती भयो, यो सच्याउनुस् भन्ने कुरा होइन र ? खुलस्त । अनि मिच्दाखेरी चाहीँ खुलेआम मिच्नु हुने, मिच्यो भन्न चाहीँ नपाइने अनि त्यो चाहीँ कानमा भन्नुपर्ने ? यस्तो पनि हुन्छ । यो त हेर्नु नै छ । उहाँको भ्रमण त हेर्नु नै छ ।’

    अध्यक्ष ओलीले वर्तमान सरकारले कुनैपनि राम्रो काम गर्न नसकेको टिप्पणी गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend