मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

 

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको छ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। यसअघि, बिहीबार छापावाल सुन तोलाको १ लाख ८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ७ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो। यता, शुक्रबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको भाउ प्रतितोला १३ सय ७५ रुपैयाँ कायम रहेको थियो।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend