मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार घटेको छ। शुक्रबार प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको भाउ आइतबार प्रतितोला ६०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend