logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • राजनीतिक अस्थिरतालाई अन्त्य नगरी दिगो विकास सम्भव छैन : महासचिव पोखरेल

    राजनीतिक अस्थिरतालाई अन्त्य नगरी दिगो विकास सम्भव छैन : महासचिव पोखरेल

    1.6K
    Shares
    राजनीतिक अस्थिरतालाई अन्त्य नगरी दिगो विकास सम्भव छैन : महासचिव पोखरेल

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरतालाई अन्त्य नगरी दिगो विकासको आधारशीला तयार गर्न नसकिने बताएका छन् । आईतवार लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले मुलुकमा राजनीतिक अस्थिरतालाई अन्त्य गर्न नेकपा एमालेलाई देशको बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने बताए । उनले एमाले बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित नभइकन देश निर्माणको राष्ट्रिय आकंक्षा पूरा हुन नसक्ने दाबी गरे । महासचिव पोखरेलले नेपाली काँग्रेससहितको ५ दलीय गठबन्धन हुँदा मुलुकमा अवैध अर्थतन्त्र प्रोत्साहीत गर्ने, कालोबजारी, तस्करी लगायतका गतिविधिलाई प्रोत्साहीत गर्दा अर्थतन्त्रको अवस्था दयनीय बनेको बताए ।

    उनले भने, ‘५ दलीय गठबन्धनले मुलुकमा एउटा आर्थिक अवस्थामा जटिलता सिर्जना गर्ने काम ग¥यो । त्यो भनेको यो मुलुकमा अवैध अर्थतन्त्र प्रोत्साहीत गर्ने, कालोबजारी, तस्करी अवैध अर्थतन्त्रको प्रोत्साहित गर्ने, क्रियाकलापका कारणले नेपालमा राष्ट्र बैंकले जारी गरेका नोटहरु अचानक बजारबाट हराए । न बैंकमा नेपाली रुपैयाँ पाउँछ, न बजारमा नेपाली रुपैयाँ पाउँछ । एकप्रकारले मुलुकमा मौद्रिक तरलताको संकट ल्याउने काम तत्कालीन सरकारले गरेको छ । काँग्रेस, माओवादी नेतृत्वको सरकारले गरेको छ । त्यो प्रमाणित भइसकेको छ । त्यस्ता समस्याको समाधान गर्ने सामथ्र्य कसैले गर्छ भने त्यो एमालेले मात्रै गर्छ । हामीले नेकपा एमालले देशको बलियो राष्ट्रिय शक्ति बनाउनुपर्नेछ । मुलुकमा राजनीतिक अस्थिरतालाई अन्त्य नगरीकन दिगो विकासको आधारशीला तयार गर्न सकिँदैन । एमाले बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित नभइकन देश निर्माणको राष्ट्रिय आकंक्षा पूरा हुन सक्दैन । मुलुकलाई अघि बढाउन नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा विकसित गर्न जरुरी छ ।’

    महासचिव पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्व दिन नसक्दा देश बन्न नसकेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend