काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले सय दिन बिताएको कुरालाई अनौठो मान्नु जरुरी नभएको टिप्पणी गरेका छन् । उनले पछिल्लो समय प्रधानमन्त्रीले सरकार पुर्नगठन गरेसँगै सरकारले गति लिने अवस्था बनेको बताए ।
उनले भने, ‘यो गठबन्धनको अवस्था भनेको आफैँमा विशेष अवस्था हो । अहिले जुन हिसावले नेपालको राजनीति बढो तरल छ । त्यो अवस्थाभित्र सय दिन बित्ने कुरालाई कुनै अनौठो मान्नु जरुरी छैन । तर अब एकचोटी यो सरकार गठन गर्ने कुरा पुनर्गठन गर्ने काम भइसकेपछि अब यसले गति लिने अवस्था छ । र अनुभवपनि प्राप्त गर्नुभएका व्यक्ति हुनुहुन्छ प्रधानमन्त्री । मुलुक चलाउने अनुभव प्राप्त गरेका पार्टीहरुपनि यसमा सहभागि छन् । सबैको सहयोगमा यो सरकार अगाडी बढ्छ ।’
उनले बारा क्षेत्र नं. २ को उपनिर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने पनि स्पष्ट पारे ।