logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • मिटरब्याजीहरुलाई एक महिनाभित्रैमा कारबाही गर्नुपर्छ : जनार्दन शर्मा

    मिटरब्याजीहरुलाई एक महिनाभित्रैमा कारबाही गर्नुपर्छ : जनार्दन शर्मा

    2.9K
    Shares
    मिटरब्याजीहरुलाई एक महिनाभित्रैमा कारबाही गर्नुपर्छ : जनार्दन शर्मा

    काठमाडौं । नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सय दिनमा सरकारले धेरै राम्रा निर्णय गरेको बताएका छन् । सरकारको सय दिन पुगेको अवसरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै शर्माले यस्तो बताएका हुन् ।

    उनले सरकारले गरेका निर्णयहरु कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनले मिटरब्याजीहरुलाई एक महिनाभित्रैमा कारबाही गर्नुपर्नेमा उनले जोड दिए । उनले रोकिएका ऐनहरु छिटोभन्दा छिटो ल्याउनुपर्ने बताउनु भयो ।

    उनले भने – ‘मिटरब्याजीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ । त्यसलाई सरकारले लामो समय होइन छोटो समयमा छानविन गर्ने कुरा पनि लामो नगरेर एक महिनाभित्र सबैलाई कारबाही गरेर जनतालाई आश्वस्त बनाउनुपर्छ । सय दिनमा सरकारले धेरै राम्रा निर्णयहरु गरेको छ । ति निर्णयहरु मात्रैले हुँदैन कार्यान्वयन गर्नुपर्छ । सय दिन भएपनि फेरि दुई दिन भएको छ । त्यसकारणले कहाँनेरको समय गन्ने भन्ने समस्या छ । औपचारिक रुपले त सय दिन भयो । फेरिपनि त्यसले पूर्णता पाउने प्रक्रियामा थोरै दिनमात्र भएको हुनाले हिजो सरकारले सय दिनको बीचमा गरेका निर्णयहरुलाई कार्यान्वयनमा ल्याउनुपर्छ । थुप्रै ऐनहरु ल्याउन बाँकी छ, निजामती कर्मचारी सम्बन्धी ऐन, नागरिकता सम्बन्धी ऐन, प्रहरी समायोजन लगायतका विषयहरु छन् । यि तमाम विषयहरु छिटो ल्याएर पास गरेर प्रक्रियालाई, प्रणालीलाई गतिशिल बनाउनुपर्छ । बजेट रोकिएका छन् विभिन्न ठाउँमा कार्यान्वयन भएका छैनन् । कार्यान्वयन गर्ने र नयाँ बजेट निर्माण गर्ने कुरामा पनि त्यही ढंगले लाग्नुपर्छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend