logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सरकारले सय दिनमा ठोस काम नगरेर गठबन्धन निर्माणमा मात्रै केन्द्रीत भयो : राजकिशोर यादव

    सरकारले सय दिनमा ठोस काम नगरेर गठबन्धन निर्माणमा मात्रै केन्द्रीत भयो : राजकिशोर यादव

    2K
    Shares
    सरकारले सय दिनमा ठोस काम नगरेर गठबन्धन निर्माणमा मात्रै केन्द्रीत भयो : राजकिशोर यादव

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका नेता राजकिशोर यादवले सरकारले सय दिनमा ठोस काम नगरेर गठबन्धन निर्माणमा मात्रै केन्द्रीत भएको प्रतिक्रिया दिए । सरकारको सय दिन पुगेको अवसरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

    सरकारमा चुनाव अघिको गठबन्धन ब्युँतिएसँगै संविधानको रक्षा हुने विश्वास बनेको बताए ।

    उनले भने – ‘सय दिन भित्रै सत्ता घटक फेरिएको छ । यो आफैँमा अचम्म लाग्दो अनौठो विषय हो । सरकारले यो बीचमा कुनै ठोस काम भन्दापनि गठबन्धन निर्माण गर्नमा बढी केन्द्रित भए । त्यसैले अहिले नै यो सरकारलाई ठ्याक्कै यो यो काम ग¥यो भनेर यो आधारमा धारणा निर्माण गर्न त कठिन हुन्छ । यो सरकार चुनावभन्दा अगाडीको गठबन्धन जुन थियो । त्यो गठबन्धन फेरि निर्माण भएको छ । यो सरकार संविधानप्रति प्रतिवद्धता, संविधानमा तलमाथि हुँदैन भन्ने एउटा विश्वास बनेको छ । आर्थिक संकट र सुशासनको सवालमा मान्छेलाई चिन्ता लागेको छ । प्रधानमन्त्रीले भविष्यमा म राम्रो गर्छु भनेर प्रतिवद्धता जायर गर्नुभएको छ, यो सरकारबाट धेरै आशा गरिएको छ । आशा अनुकुल काम गरोस् भन्ने हाम्रो चाहना छ । हामी पनि सत्ता घटककै प्रतिनिधि हौँ । सरकारले नेपाली जनताको भावना अनुरुप काम गर्न सकोस् भन्ने हाम्रो जोडबल रहन्छ ।’

    उनले सरकारले आगामी दिनमा जनताको भावना अनुरुप काम गर्न सक्नुपर्ने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend