logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • संघीयता कार्यान्वयनमा आनाकानी भयो : उपमहासचिव गुरुङ

    संघीयता कार्यान्वयनमा आनाकानी भयो : उपमहासचिव गुरुङ

    2.2K
    Shares
    संघीयता कार्यान्वयनमा आनाकानी भयो : उपमहासचिव गुरुङ

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघीयतामाथि खुलमखुल्ला हमला भइरहेको बताएका छन् । आईतवार लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले नेकपा एमालेले भनेको आधारमा नै सात वटा प्रान्तमा आधारित मुलुकमा संघीय शासन संरचना बनेको बताए । उनले संघीयता कार्यान्वयन गर्न आज फेरि आनाकानी भइरहेको बताउनु भयो । उहाँले संघीयताबिरोधीहरुले संघीयताबिरुद्धमा नारा लगाइरहेको भन्दै उनले यसको यथोचित जवाफ दिन सक्नुपर्ने बताए । उनले संघीयताको उचित ढंगले कार्यान्वयन हुनुपर्ने बताए । उनले संघीयतामाथि प्रश्न उठाउने र प्रदेशको अधिकार खोस्नेकुरा सह्य नहुने चेतावनी दिए ।

    उनले भने, ‘नेकपा एमालेले भनेको सात वटा प्रान्तमा आधारित मुलुकमा संघीय शासन संरचना बन्यो । हामीले गर्वका साथ भन्नुपर्छ । नेकपा एमालेले मुलुकको संघीय संरचनाले बनेको संघीय नीतिका आधारमा बन्यो । त्यसलाई कार्यान्वयन गर्नको लागि आज मुलुकमा फेरि आनाकानी भइरहेको छ । त्यसलाई उचित ढंगले कार्यान्वयन गर्नुपर्छ । सात वटा प्रदेशमाथि नै हमला भइरहेको छ । संघीयताबिरोधीहरुले नारा लगाइरहेका छन् । हामीले भन्नसक्नुप¥यो संघीयतामाथि प्रश्न उठाउने कुरा, प्रदेशको अधिकारमाथि प्रश्न उठाउने विषय, त्यस्तामाथि हामीले बिरोध गर्न सक्नुपर्छ । अनि मात्रै हामीले आफ्नो आन्दोलन बचाउन सक्छौँ, त्यो हामीले आजसम्म गर्न सकेका छैनौँ । उनीहरुले खुलमखुला भनिरहेको छ । राजा फर्काइन्छ, हिन्दुराज्य स्थापना गरिन्छ भनिरहेका छन्, यो हाम्र लागि चुनौति होइन । यसको हामीले यथोचित जवाफ दिन सक्नुपर्छ ।’

    उपमहासचव गुरुङले संघीयताबिरोधीहरुलाई यथोचित जवाफ दिन तयार रहनुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend