आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

बैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयन हुँदै

बैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयन हुँदै

काठमाडौं । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

निर्वाचन आयोगका अनुसार चितवन–२, तनहु–१ र बारा–२ मा बैशाख १० मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन पत्र दर्ता हुने छ ।

आयोगले यसअघि नै सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार सो उपनिर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर आ आफनो उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेछन् ।

गत मङ्सिर ४ गतेको निर्वाचनबाटट निर्वाचित रास्वपाका सभापति रवी लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन २ रिक्त हुन पुगेको थियो ।

यसैगरी, नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ– १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा–२ रिक्त हुन पुगेको थियो ।

रिक्त रहेका तीनवटा निर्वाचन क्षेत्रमा आगामी बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend