logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, कांग्रेसले मुख्यमन्त्रीको राजीनामा माग्ने

    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, कांग्रेसले मुख्यमन्त्रीको राजीनामा माग्ने

    1.7K
    Shares
    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, कांग्रेसले मुख्यमन्त्रीको राजीनामा माग्ने

    दाङ । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै छ ।

    प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै सोमबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेको हो ।

    प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशनमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ नियम १२ को उपनियम ९३० बमोजिम अनुरुप बैठक आह्वान गरिएको हो ।

    आज बस्ने बैठकमा प्रदेश सभामा बोल्नका लागि विषेश समय छुट्याइने र मुख्यमन्त्री लिला गिरीबाट ‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठान’ सम्बन्धी विधेक प्रदेश सभामा पेस गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

    सोमबार बस्ने बैठकमा कांग्रेससहित अन्य दलले मुख्यमन्त्री लिला गिरीको राजीनामा माग्ने तयारी गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend