logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • मनोनयन दर्तापछि रविले भने : पहिलेको भन्दा राम्रो मत ल्याउँछु, निर्वाचनमा राम्रो परिणाम आउनेमा आशावादी छु

    मनोनयन दर्तापछि रविले भने : पहिलेको भन्दा राम्रो मत ल्याउँछु, निर्वाचनमा राम्रो परिणाम आउनेमा आशावादी छु

    1.2K
    Shares
    मनोनयन दर्तापछि रविले भने : पहिलेको भन्दा राम्रो मत ल्याउँछु, निर्वाचनमा राम्रो परिणाम आउनेमा आशावादी छु

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनबाट उत्साहित र आशावादी रहेको बताएका छन् । लामिछानेले चितवन क्षेत्र नम्बर दुईमा हुने उपनिर्वाचनमा आफूले पहिलेको भन्दा राम्रो मत ल्याउने बताए ।

    आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामिछानेले निर्वाचनमा राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको बताएका हुन् ।

    उनले भने, ‘मलाई केही अनौठो लागेको छ । अस्ति भर्खर यही प्रक्रियाबाट गुज्रेको थिएँ । मान्छेको जीवनमा, राजनीतिक जीवनमा हुने बिरलै घटना हुन् । तर तात्त्विक रूपमा केही फरक छैन । निर्वाचनका लागि उत्साहित छु । तर मतान्तर कति हुन्छ भनेर भन्न सक्दिनँ । यसका लागि निर्वाचनको अन्तिम परिणाम कुर्नै पर्छ । यद्यपि राम्रो हुन्छ भनेर अपेक्षा गरेको छु । पहिलेको भन्दा पनि राम्रो हुन्छ भन्ने प्रतिक्रिया आइरहेका छन् ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend