logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • चुनाव जित्न सहज भएकाले संघाईको समूह रोजेँ : ज्योत्सना श्रेष्ठ

    चुनाव जित्न सहज भएकाले संघाईको समूह रोजेँ : ज्योत्सना श्रेष्ठ

    3.8K
    Shares
    चुनाव जित्न सहज भएकाले संघाईको समूह रोजेँ : ज्योत्सना श्रेष्ठ

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट तर्फको उपाध्यक्ष पदकी उम्मेदवार ज्योत्सना श्रेष्ठले रामचन्द्र संघाईको समूह चुनाव जित्न सहज भएकाले रोजेको बताएकी छन् । उनले आईतवार रामचन्द्र संघाईको प्यानल घोषणा पछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन जित्नको लागि रामचन्द्र संघाईको समूहमा सहज भएका कारण संघाईको समूह रोजेको बताएकी हुन् ।

    श्रेष्ठले वरिष्ठ उपाध्यक्षका उम्मेद्वार अञ्जन श्रेष्ठले पत्रकारहरुको सुझाव दिने भनेर बोलाइ योजना नबनाई टिम घोषणा गरेको बताइन् । उनले निर्वाचनमा जहाँ आफूलाई सहज लाग्छ त्यहीँ आफू रहन सहज हुने बताइन् । संघाईको समूहमा सहज लागेकाले श्रेष्ठको समूह छोडेको पनि बताइन् । श्रेष्ठ समूहलाई भनेर नै आफूलाई सहज लाग्ने ठाउँमा आएको भन्दै श्रेष्ठको समूहलाई छोडेर आउँदा धोका दियो भन्न नमिल्ने बताइन् । उनले एउटै समूहका सबैजना एउटै पदमा उठ्न नमिल्ने र एशोसिएट उपाध्यक्षमा तीन नभइ दुई मात्रै उम्मेद्वार निर्वाचनमा जाने वातावरण बनाउन आएको बताइन् ।

    उनले भनिन्,‘ निर्वाचन जित्नको लागि कुन समूहमा सहज हुन्छ त्यसमा जाने हो । मलाई संघाईको टिममा सहज लागेर आएको हुँ । अञ्जनको प्यानल घोषणा हुँदा पत्रकारहरुको सुझावहरु लिने भन्नुभएको थियो । तर त्यहाँ घोषणा भयो । कुनै योजना थिएन । हुन्छ नी निर्वाचनमा कहाँ जितिन्छ । त्यहाँ जाने हो । तर अञ्जन श्रेष्ठको टिमलाई नराम्रो छ । निर्वाचन जित्दैन भन्न खोजेको होइन । कतिपयले अञ्जनको समूहलाई धोका दिएको रुपमा बुझेका छन्, उता घोषणा भएर यता आउँदा धोका दिएकै जस्तो देखिन्छ तर, धोका दिएको भन्दा पनि मैले टिमको जित हेर्नुपर्छ, म उपाध्यक्षमा उठेपछि १९ जनालाई पनि जिताउनुपर्ने मेरो दायित्व हो, मलाई कसले के भन्छ भन्नेसँग सरोकार छैन, मेरो टिम जित्नुपर्छ।’

    उनले सकारात्मक सोचका साथ श्रेष्ठको प्यानल छाडेर संघाईको प्यानलमा आएको बताइन् । उनले अहिले घोषणा भएका तीन वटै टिम बलियो रहेको भन्दै मतदात व्यवसायीहरुको समस्यामा नेतृत्वदायी भुमिका खेल्नसक्ने टिमलाई मतदान गर्न आग्रह गरिन् । उनि गत फागुन ३० गते पत्रकार सम्मेलन गर्दै ज्योत्सना श्रेष्ठले आफू अञ्जन श्रेष्ठको समूहबाट एशोसिएट उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । तर निर्वाचन नजिक आएसँगै अञ्जनको टिम छोडेर संघईको समूहमा प्रवेश गरेकी छन् । महासंघको वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघाईले प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको छ । संघाईको प्यानलमा जिल्ला नगरतर्फ उपाध्यक्षमा सुरकृष्ण वैध,वस्तुगत तर्फ सकुन्तलाल हिराचन र एशोसिएटतर्फ उपाध्यक्ष ज्योत्सना श्रेष्ठ छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend