logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • के हो वित्तीय साक्षरता ?

    प्रभावकारी वित्तीय साक्षरता कार्यक्रम गर्दै सन्राइज बैंक

    प्रभावकारी वित्तीय साक्षरता कार्यक्रम गर्दै सन्राइज बैंक

    2.8K
    Shares
    प्रभावकारी वित्तीय साक्षरता कार्यक्रम गर्दै सन्राइज बैंक

    काठमाडौं । वित्तीय साक्षरतालाई सामान्यतया बचत, लगानी, कर्जा लगायत विभिन्न बैंकिङ्ग सेवा तथा सुविधाको विषयमा जानकारी दिने शिक्षाको रुपमा बुझिन्छ ।

    वित्तीय साक्षरतालाई व्यक्तिहरुले वित्तीय स्रोतसाधनलाई आफ्नो भलाईको लागि प्रभावकारी रुपमा प्रयोग गर्न हासिल गर्ने ज्ञान तथा सिपको रुपमा परिभाषित गरेको पाइन्छ । यसले वित्तीय सेवा उपलब्ध गराउनेहरुलाई समेत उनीहरुको सेवा तथा सुविधाको बारेमा राम्ररी बुझाउन, उक्त सेवा तथा सुविधासंग आवश्यक ज्ञान  तथा क्षमता अभिवृद्धि गर्न मद्धत गर्दछ । यसका साथै, उद्यम व्यवसायमा कहिलेकाहीँ आउन सक्ने जोखिम व्यहोर्न र न्यूनीकरण गर्नका लागि बीमा तथा सुरक्षण गर्ने, डिजिटल पेमेन्टले पुर्‍याउने सहजता र व्यापार वृद्धि,ऋण, रेमिटेन्स जस्ता विषयमा समेत आवश्यक न्यूनतम ज्ञान प्रदान गर्ने गर्दछ ।

    वित्तीय साक्षरतामा सन्राइज बैंक

    पछिल्लाे समय वित्तीय साक्षरता बढाउनका लागि नेपाल राष्ट्र बैंकले अभियानकै रुपमा कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । यसलाई बैंक तथा वित्तीय संघ–संस्थाहरुले पनि साथ दिइरहेका छन।

    राष्ट्र बैंकको तथ्यांक अनुसार  ३० प्रतिशत भन्दा धेरै नागरिक बैंकिङ पहुँचमा जोडिएका सन्दर्भमा सनराईज बैंकले वित्तीय साक्षरता कार्यक्रम लामो समयदेखि सञ्चालन गर्दै यसलाई प्रभावकारी बनाउन र देशका कुनाकन्दरासम्म वित्त व्यवस्थापनको ज्ञानको विजारोपण गर्ने सवालमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । सन्राइज बैंकले वित्तीय साक्षरता कार्यक्रममा हरेक वर्ष औपचारिक रुपमै विभिन्न कार्यक्रमको आयोजना देशव्यापीरुपमा गर्दै आइरहेको छ ।

    No description available.

    वित्तीय साक्षरतालाई महत्व दिदै आएको सन्राइज बैंकल गत वर्षमात्रैे राष्ट्र बैंकद्वारा वित्तीय साक्षरतामा खर्च गर्न तोकिएको भन्दा करिब तीन गुणा बढी अर्थात १४ प्रतिशत बजेट साक्षरता कार्यक्रममा खर्च गरेको थियो । बैंकले गत वर्ष मात्रै ४० भन्दा बढी वित्तीय साक्षरता शिक्षासँग सम्बन्धित कार्यक्रम सम्पन्न गरेको छ । देशका विभिन्न विकट, दूरदराजका क्षेत्रमा स्थलगत रुपमा बैंकले आफ्ना शाखा कार्यालयहरुमार्फत विभिन्न उमेर समूह, पेशाकर्मी, व्यवसायी तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता शिक्षा प्रभावकारी रुपमा प्रदान गर्दै आइरहेको छ ।
    बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा  २५ सय भन्दा बढी मानिसहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ ।

    सन्राइज बैंकले विश्व अर्थ सप्ताहको (Global Money Week) सप्ताहव्यापी नारा ‘तपाईको अर्थ योजना–तपाईको भविष्यको योजना’ (Plan your money, plan your Future) भन्ने अवधारणालाई आत्मसात गरेर सुदूरमा दार्चुलाबाट सुरु गरिएको वित्तीय साक्षरता अभियानलाई पूर्वमा काँकडभित्ता र तेह्रथुमका विकट इलाकाहरुसम्म पुर्‍याउन सफल भएको थियो ।

    सातै प्रदेशमा गरी १०० वटा कार्यक्रम गरिएको उक्त वित्तीय साक्षरता कार्यक्रम निकै प्रभावकारी देखिएको बैंकले जनाएको छ । यसअवधिमा अहिलेसम्म कुनैपनि संघ र संस्थाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन नगरेको ठाउँमा समेत पुगेर सयवटा कार्यक्रम गरिएको र एकदमै प्रभावकारी देखिएको बैंकले उल्लेख गरेको छ । कार्यक्रमबाट विशेष गरी विद्यार्थीहरुले सन्तोषजनक प्रतिक्रिया दिएको बैंकले जनाएको छ ।

    बैंकका अनुसार विभिन्न विद्यालयमा विद्यार्र्थीहरुलाई वित्तीय साक्षरता प्रदान गर्दै गर्दा उनीहरु सानैदेखि गरिने बचत, सुरक्षित बैंकिङ्क, डिजिटल भुक्तानी लगायतका विषयमा एकदमै उत्साहित रहेको जनाएको छ ।

    आगामी दिनमा वित्तीय साक्षरतालाई सीपमूलक तालिममा समावेश गरी देशभरीका सातवटै प्रदेशमा लगिने र उक्त कार्यक्रमले त्यहाँका व्यक्तिहरुको सीप र आर्थिक अवस्था विकास गर्न प्रभावकारी भूमिका खेल्ने बैंकको विश्वास छ । यसरी वित्तीय सारक्षता प्रवद्र्धन गर्ने अभिभारालाई दु्रत गतिमा अगाडी बढाउँदै ग्रामिण क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर अझै व्यापक र बहूआयामिकरुपमा वित्तीय साक्षरता शिक्षालाई प्रभावकारी ढंगले अगाडि बढाउने बैंकको प्रतिबद्धता छ ।

    No description available.

    अन्य वित्तीय संघरसंस्थाको दाँजोमा सन्राइज बैंक एक कदम अगाडि देखिएको छ । राष्ट्र बैंकको निर्धारण गरेको भन्दापनि व्यापक जनसमुदाय र जनस्तरमै पुगेर अनवरत र प्रभावकारी रुपमा यस बैंकले वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकले लिएको सारक्षरता शिक्षा प्राथमिकताको संकल्प अन्य वित्तीय संघर संस्थाका लागि समेत उदाहरणीय र अनुकरणीय बन्ने स्पष्ट देखिन्छ ।

    ‘हामीले भिडियो र अडियो माध्यमबाट दिन खोजेको साक्षरता शिक्षा एकदमै प्रभावकारी रह्यो, कार्यक्रमको स्वमूल्यांकन गर्दा उत्साहजनक र सकारात्मक प्रतिक्रिया पायौँ, यसलाई अझै  व्यापक र गाउँ–गाउँसम्म प्रभावकारी ढंगले आगामी दिनमा पनि निरन्तरता दिने बैंकले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend