logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • युरोपको ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोको नयाँ बर्ष योजना सार्वजनिक

    युरोपको ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोको नयाँ बर्ष योजना सार्वजनिक

    1.9K
    Shares
    युरोपको ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोको नयाँ बर्ष योजना सार्वजनिक

    काठमाडाै‌ । युरोपको ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नयाँ बर्ष २०८० लाई लक्षित गर्दै “नयाँ बर्षको उमंग, मनाऔँ बेको सँग” नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ ।
    उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनैपनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

    जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ के.जी. को एरिएल म्याटिक वाशिङ पाउडर उपहार पाईन्छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाईन्छ। साथै सिङगल डोर रेफ्रिजीरेटरमा आइरन, डबल डोर रेफ्रिजीरेटरमा राइस कुकर र मल्टी डोर रेफ्रिजीरेटरमा एअर फ्राएर उपहार पाईन्छ भने कूकिङ रेन्ज (फ्री स्टान्डिङ ओवन) को खरिदमा फ्राइ प्यान र एअर कन्डिसनर को खरिदमा रु.४००० बराबरको फ्री इन्स्ट्लेसन पाईन्छ।

    उक्त योजना चैत्र १५, २०७९ देखि सिमित अवधिका लागि लागू गरिएको छ ।
    बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी गु्रपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।

    कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, गत्थाघर, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend