logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

    बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

    2.2K
    Shares
    बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

    चितवन । बसले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१ का ७५ वर्षीय कुलप्रसाद पराजुली रहेका छन् ।

    पूर्वी चितवनको बकुलर चोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा४ख ८९१६ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएको हो ।

    ठक्करबाट घाइते पराजुलीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटना आज बिहान १० बजे भएको हो । ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend