logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • शिक्षाको राजनीतिकरण गर्नु जघन्य अपराध हो : रविन्द्र मिश्र

    शिक्षाको राजनीतिकरण गर्नु जघन्य अपराध हो : रविन्द्र मिश्र

    1.5K
    Shares
    शिक्षाको राजनीतिकरण गर्नु जघन्य अपराध हो : रविन्द्र मिश्र

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सार्वजनिक विद्यालयका शिक्षकहरुलाई राजनीति गर्नबाट रोक्न नसके देश रुपान्तरणको सम्भव नरहेको दाबी गरेका छन् । मंगलवार काठमाडौंमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    सरकारी तलव खाएर राजनीति गर्ने शिक्षक कर्मचारीहरु नेपालबाहेक कुनैपनि देशमा नरहेको बताए । उनले सरकारी कार्यालयमा सात युनियनको बोर्ड झुन्ड्याएर, राजनीति गरेर शिक्षा प्रणालीले प्रगति गर्न नसक्ने स्पष्ट पारे । वरिष्ठ उपाध्यक्ष मिश्रले बुर्जुवा शिक्षा भनेर भाषण गर्दै हिँड्ने नेताहरुले समेत आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउनु पीडाको विषय भएको बताए । उनले विद्यालय, विश्वविद्यालयमा राजनीति नगर्न सबै राजनीतिक दलहरुसँग आग्रह गरे । उनले शिक्षामा राजनीतिककरण गर्नु जघन्य अपराध भएको बताए ।

    उनले भने, ‘संसारमा कुनैपनि यस्तो देश छैन, जहाँ सरकारी तलव खाएर, एउटा सरकारी कार्यालयमा सात वटा युनियनको बोर्ड झुन्ड्याएर, राजनीति गरेर शिक्षा प्रणालीले प्रगति गरेको स्थिति कतै पनि छैन । हामी जस्तोसुकै कानून लिएर आउँ, त्यो कानूनले नै सार्वजनिक विद्यालयका शिक्षकहरुलाई, सरकारी तलव खाने शिक्षकहरुलाई हामीले राजनीतिबाट रोक्न सकेनौँ भने यो देशमा तपाईंले मरिमेट्नुस् यो देशको रुपान्तरण सम्भव छैन । हामी सार्वजनिक शिक्षा सुधारको कुरा गर्छौं, तर हाम्रा छोराछोरीलाई सार्वजनिक विद्यालयमा राख्दैनौँ, यो देशमा सार्वजनिक विद्यालयका प्रधानाध्यापकहरुले सके भने आफ्ना छोराछोरीहरुलाई (अपवादलाई छोडेर) सार्वजनिक स्कुलमा पढाउनुहुन्न । किनभने हामी हाम्रा छोराछोरीको भविष्यमा खतरा मोल्न सक्दैनौँ । यो देशका बुर्जुवा शिक्षा भनेर धेरै हामीले भाषण सुन्यौँ । त्यो शिक्षा प्रणालीबाट देशको रुपान्तरण हुँदैन भनेर आउनुभएका नेताहरु आज आफ्ना छोराछोरी निजी स्कुलमा पढाउनुहुन्छ, यो पीडाको विषय हो । कम से कम विद्यालय, विश्वविद्यालयमा राजनीति नगरौँ, देशको रुपान्तरण हुनै सक्दैन । निजी बिजनेस गर्न दक्ष जनशक्ति चाहिने अनि देशको विकास गर्न दक्ष जनशक्ति नचाहिने ? देशमा स्कुलको विद्यार्थीलाई राप्रपा बनाएको छ, काँग्रेस बनाएको छ, कम्युनिष्ट बनाएको, प्राध्यापकलाई त्यही छ, उनीहरुले कम्युनिष्ट हुन् की काँग्रेस कम्युनिष्ट राप्रपा ? यो जसलाई म शिक्षाको राजनीतिककरणलाई जघन्य अपराध भन्छु ।’

    वरिष्ठ उपाध्यक्ष मिश्रले देशमा सरकारी काम गर्ने कर्मचारीलाई राजनीति गराएर कर्मचारीतन्त्रमा प्रभाव पारेर देश सम्पन्न बन्न नसक्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend