मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको पुग्यो १ लाख ११ हजार

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको पुग्यो १ लाख ११ हजार

काठमाडौं । नेपाली बजारमा बुधबार सुन तोलामा २ हजार रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन आज प्रतितोला १ लाख ११ हजार रूपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख १० हजार ४५० रूपैयाँ निर्धारण भएको छ। मंगलबार तेजावी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार आज चाँदी तोलामा ४० रूपैयाँले बढेर प्रतितोला १ हजार ४४० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend