logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • तुलसीपुर उपमहानगरपालिकामा गरिब परिवारलाई कुवा खन्न रकम उपलब्ध

    तुलसीपुर उपमहानगरपालिकामा गरिब परिवारलाई कुवा खन्न रकम उपलब्ध

    1.5K
    Shares
    तुलसीपुर उपमहानगरपालिकामा गरिब परिवारलाई कुवा खन्न रकम उपलब्ध

    दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१५ ले गरिब घरपरिवारलाई कुवा खन्न रकम उपलब्ध गराइएकोे छ । वडाको बजेटबाट गरिब परिवारका लागि १२ वटा कुवा निर्माण गर्न रु चार लाख ८० हजार वितरण गरिएको हो ।

    आर्थिक अवस्था कमजोर भएका परिवारको सहजताका लागि कुवा बनाउन लागिएको कार्यवाहक वडाध्यक्ष मङ्गल चौधरीले बताए ।

    गाउँमा कुवा नहुँदा अर्काको घरबाट पानी ल्याएर खानुपर्ने बाध्यता थियो । यहाँको खानेपानीको स्रोत भनेको कुवा नै हो । कुवाभन्दा अर्को विकल्प नभएकाले प्रत्येक टोलमा सामूहिक कुवा निर्माण गर्न लागिएको छ ।

    एउटा कुवाका लागि रु ४० हजारका दरले रकम उपलब्ध गराइएको कार्यवाहक वडाध्यक्ष चौधरीले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend