भक्तपुरको प्रदेश १ (ख) मा नेपाली कांग्रेसले नेकपाका उमेदबारले नेकपाका उमेदबार देवीप्रसाद ढकाललाई २२ सय मतले पछि पार्दै कृष्ण भँडेलले जित हात पारेका छन् । यो क्षेत्र कांग्रेसले सत्तारूढ नेकपाबाट खोसेको हो। अन्तिम मत परिणामअनुसार कांग्रेस उम्मेदवार कृष्ण भँडेलले १३ हजार ४ सय ४९ मत पाएका छन्। उनका प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार देवीप्रसाद ढकाल ले ११ हजार २ सय ६ मत ल्याएका छन्।
तेस्रो स्थानमा रहेका नेपाल मजदुर किसानका पार्टी उम्मेवार निरज लवजूले ५ हजार २९ मत पाएका छन्।अन्तिम नतिजाको औपचारिक घोषणा हुन बाँकी छ। भक्तपुरमा कांग्रेस-राप्रपा (संयुक्त) मिलेर चुनाव लडेका थिए।२०७४ मा भएको प्रदेश सभा चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका हरिशरण लामिछाने १२ हजार ७ सय८९ मत ल्याएर विजयी भएका थिए।कांग्रेसका जीवन खत्रीले ९९७७ मत ल्याएका थिए।