logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • पदाधिकारी बैठकलाई प्रचण्डको ब्रिफिङ – भोलिसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास गरिदैँछ

    पदाधिकारी बैठकलाई प्रचण्डको ब्रिफिङ – भोलिसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास गरिदैँछ

    2K
    Shares
    पदाधिकारी बैठकलाई प्रचण्डको ब्रिफिङ – भोलिसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास गरिदैँछ

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रयास गरिने बताएका छन् । बुधबार बसेको पार्टी पदाधिकारीको बैठकलाई ब्रिफिङ गर्दै प्रचण्डले बिहीबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रयास गरिने बताए ।

    बैठकपछि नेता गिरिराजमणि पोखरेलले अध्यक्ष प्रचण्डले भोलिसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएको जानकारी दिँदै त्यसपछि सरकारले नतिजा निकाल्ने गरी काम गर्ने बताए । उनका अनुसार सरकारले अब पूर्णता नै पाउने प्रचण्डले बैठकलाई जानकारी गराएका थिए ।

    कांग्रेसभित्र भागबण्डाको विषयमा विवाद हुँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन् । यस्तो अवस्थामा प्रचण्डले सबै विषय मिलाएर मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका हुन् । यस्तै प्रचण्डले भोलि नै साझा न्युनतम कार्यक्रम पनि सार्वजनिक हुने बैठकमा बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend