logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • लुम्बिनीमा म्याराथन प्रतियोगिता हुँदै

    लुम्बिनीमा म्याराथन प्रतियोगिता हुँदै

    2K
    Shares
    लुम्बिनीमा म्याराथन प्रतियोगिता हुँदै

    लुम्बिनी । अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा भोलि बुद्ध जन्मस्थल लुम्बिनीमा म्याराथन प्रतियोगिता आयोजना हुनेभएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा शान्तिको कामना गर्दै अन्तर्राष्ट्रिय पिस म्याराथन–२०२३ आयोजना हुन लागेको हो ।

    लुम्बिनी प्रदेश खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा दुवै संस्थाको संयुक्त आयोजनामा शान्तिको कामना गर्दै प्रतियोगिताको आयोजना गरिएको हो ।

    खेलकुदको माध्यमबाट लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठको भनाइ छ । प्रतियोगितामा भाग लिन २०७ राष्ट्रका खेलाडीलाई निमन्त्रण गरिएको थियो ।

    कपिलवस्तुको तिलौराकोट दरबारबाट भोलि बिहान ७ बजे सुरु हुने म्याराथन लुम्बिनीको शान्तिदीपमा पुगेर सम्पन्न हुनेछ । प्रतियोगितामा नेपालका विभागीय टिमसहित विभिन्न देशका ५० भन्दाबढी धावक सहभागी हुने अपेक्षा गरिएको श्रेष्ठको भनाइ छ ।

    प्रतियोगितामा प्रथम हुनेलाई एक लाख, द्वितीय हुनेलाई ५० हजार र तृतीय हुनेलाई २५ हजार पुरस्कार प्रदान गरिने लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए। यसैगरी उत्कृष्ट १०औँ स्थानसम्म आउनेलाई पनि पुरस्कारको व्यवस्था गरिएको पनि उनको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend