logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्नुपर्छ : अध्यक्ष ओली

    उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्नुपर्छ : अध्यक्ष ओली

    3.1K
    Shares
    उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्नुपर्छ : अध्यक्ष ओली

     

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचन युवामय बिहीबार बिहान फेसबुक ह्यान्डलमा उनले धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिनु खुसीको कुरा भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत चुनावी मैदानमा उत्रिनु भएका सबै उम्मेदवारलाई शुभकामना दिँदै यस्तो बताएका हुन् ।

    ‘वैशाख १० गते उपनिर्वाचनमा भाग लिने उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित हुँदैछ। धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो,’ ओलीले लेखेका छन् ।

    उनले स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न आग्रह गरे ।

    उनले भनेका छन्, युवामय उपचुनाव ! वैशाख १० गते उपनिर्वाचमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ। धेरैजसो उम्मेद्वारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो। उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु। मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन। अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनै पर्छ। चुनावी मैदानमा उत्रिनु भएका सबै उम्मेदवारलाई शुभकामना !

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend