logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रतिनिधि सभाकाे बैठक सुरु

    प्रतिनिधि सभाकाे बैठक सुरु

    1.4K
    Shares
    प्रतिनिधि सभाकाे बैठक सुरु

    काठमाडौं ।  प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा बिहीबार दिउँसोबाट सुरु भएको बैठकमा कार्य व्यवस्था समितिका सदस्यहरुलाई सभामुखले मनोनयन गर्ने बताइएको छ ।

    त्यस्तै, बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षा मुद्रण सम्बन्धी विधेयक २०७८ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।

    यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३ औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको सङ्घीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend