logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • संसद कुरा गर्ने थलो होइन, काम गर्ने थलो बनाउनुपर्छः सांसद दाहाल

    संसद कुरा गर्ने थलो होइन, काम गर्ने थलो बनाउनुपर्छः सांसद दाहाल

    2K
    Shares
    संसद कुरा गर्ने थलो होइन, काम गर्ने थलो बनाउनुपर्छः सांसद दाहाल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पुराना नीति, योजना र कार्यक्रमहरुबाट राष्ट्रको नयाँ आवश्यकता पूरा गर्न नसकिने बताएका छन् । बिहीवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहाले पुरानो सोच, चिन्तन र दृष्टिकोणबाट देशको नयाँ आवश्यकता पूरा गर्न नसकिने बताएका हुन् ।

    उनले पुराना नीति, योजना, कार्यक्रम र बजेटबाट नयाँ आवश्यकता पूरा नसकिने भन्दै त्यसमा नयाँपन खोज्नुपर्ने बताए । उनले संसद जनताको आवाज बोल्ने थलो मात्रै नभई जनताको अपेक्षा र राष्ट्रको आवश्यकता पूरा गर्ने थलो भएको पनि बताए । सांसद दाहालले संसदलाई कुरा गर्ने थलोको रुपमा नभई काम गर्ने थलोको रुपमा रुपान्तरण गर्नुपर्ने बताए ।

    उनले भने– ‘संसद जनताको आवाज बुलन्द गर्ने मात्रै थलो होइन । संसद जनताको अपेक्षा र राष्ट्रको आवश्यकता पूरा गर्ने थलो पनि हो । काम गर्ने थलो हो । कुरा गर्ने थलोलाई काम गर्ने थलोमा रुपान्तरण गर्नैपर्छ । हामीले पुरानो सोँच, चिन्तन र दृष्टिकोणबाट अहिलेको नयाँ आवश्यकता हामीले पूरा गर्न सक्दैनौँ । हामीले पुराना नीति, योजना र कार्यक्रम बजेटबाट अहिलेको नयाँ आवश्यकता पूरा गर्न सकिन्न । अहिले देखिएको आर्थिक संकट हामीले पैदा गरेको आर्थिक संकट होइन । केही हाम्रा आन्तरिक कमजोरी, आन्तरिक व्यवस्थापन हामीले ठिक ढंगले गर्न नसक्दा पैदा भएको आर्थिक संकट र कोभिड १९ र रुस, युक्रेन युद्धसँग सम्बन्धित आर्थिक संकट । तर यो आर्थिक संकट, आर्थिक चुनौतीको समस्या समाधान हामी सबैले मिलेर गर्नुपर्छ । हाम्रो बीचमा शंकाको सम्बन्धलाई विश्वासको सम्बन्धमा बदल्नुपर्छ ।’

    सांसद दाहालले सरकारको सय दिन प्रधानमन्त्रीले प्रतिवद्धता गरे अनुरुप नै चलेको बताए । उनले जनताको दैनिकीसँग सम्बन्धित स–साना समस्या समाधान गर्न सरकार केन्द्रित रहेको उनको भनाई छ । त्यस्तै आर्थिक सूचकांकमा पनि सकारात्मक सुधार आएको उनले बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend