logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सरकारको न्युनतम साझा कार्यक्रममा शिक्षा, स्वास्थ्य र रोजगारी पहिलो प्राथमिकतामा : सांसद पौडेल

    सरकारको न्युनतम साझा कार्यक्रममा शिक्षा, स्वास्थ्य र रोजगारी पहिलो प्राथमिकतामा : सांसद पौडेल

    2.5K
    Shares
    सरकारको न्युनतम साझा कार्यक्रममा शिक्षा, स्वास्थ्य र रोजगारी पहिलो प्राथमिकतामा : सांसद पौडेल

    काठमाडाै‌ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सरकारको न्युनतम साझा कार्यक्रममा शिक्षा, स्वास्थ्य र रोजगारी सम्बन्धी कुरालाई बढी प्राथमिकतामा राखिएको बताएका छन् । बिहीवार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले चालु योजनालाई निरन्तरता दिने, देशको अर्थतन्त्र प्रणालीलाई लयमा ल्याउने, व्यवस्थित गर्ने, जनताका दैनिक सेवा सम्बन्धी विषयलाई सहजीकरण गर्न नीति, नियम बनाउने कुरा सरकारको न्युनतम साझा कार्यक्रममा पहिलो प्राथमिकतामा पर्ने दाबी गर्नुभयो । उहाँले गठबन्धन सरकार ५ वर्षसम्म नै निरन्तर चल्ने बताए । उनले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक फास्ट ट्रयाकबाट ल्याउनुपर्छ भन्ने पक्षमा माओवादी रहेको पनि बताए ।

    उनले भने, ‘सरकारको न्युनतम साझा कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगारी सम्बन्धी कुरालाई बढी प्राथमिकता दिने, चालु योजनालाई निरन्तरता दिने, देशको अर्थतन्त्र प्रणालीलाई लयमा ल्याउने, व्यवस्थित गर्ने, जनताका दैनिक सेवा सम्बन्धी विषयलाई सहजीकरण गर्न नीति, नियम बनाउने भन्ने छ । यो सरकारलाई ५ वर्षसम्म सकुशल बनाउन विभिन्न प्रकारका सहमतिअनुसार जिम्मेवारी टुंगिएका छन् । सकेसम्म जनताले पठाएको मतलाई मानेर ५ वर्ष नै चल्छ । प्रधानमन्त्री परिवर्तन होला तर नीति तथा कार्यक्रमले ५ वर्ष नै स्थान पाउँछ । सम्बन्धित दलले छिटै मन्त्रीहरु पठाउने भन्नुभएको छ । छिटै टुंगिनेछ । प्रधानमन्त्रीले छिटो भन्दा छिटो बाँकी मन्त्रीहरु एक दुई दिन भित्रमा नै टुंगिन्छ । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक फास्ट ट्रयाकबाट ल्याउनुपर्छ भन्ने पक्षमा हामी छौँ । यो सदनलाई सक्रिय बनाउन धेरै ऐनहरु ल्याउन आवश्यक छ ।’

    सांसद पौडेलले सदनलाई सक्रिय बनाएर लैजान सरकारले काम गरिरहको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend