logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • कृषि उत्पादनलाई प्रवद्र्धन गर्न जरुरीः मन्त्री भुसाल

    कृषि उत्पादनलाई प्रवद्र्धन गर्न जरुरीः मन्त्री भुसाल

    2.7K
    Shares
    कृषि उत्पादनलाई प्रवद्र्धन गर्न जरुरीः मन्त्री भुसाल

    काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले कृषि उत्पादनलाई प्रवद्र्धन गर्न जरुरी रहेको बताएका छन् ।

    बिहीवारबाट शुरु भएको भक्तपुर औद्योगिक, सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताएका हुन् । उनले अर्थतन्त्र सबल बनाउन र जीवनलाई स्वस्थ राख्न मौलिक उत्पादनहरुमा जोड दिनुपर्ने बताए ।

    उनले भक्तपुर जिल्ला कृषि उत्पादन गर्ने जिल्लामा प्रमुख रहेको भन्दै उहाँलै मेला महोत्सवमा पनि कृषिजन्य मौलिक उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए । मन्त्री भुसालले भक्तपुरले यस्ता महोत्सवहरुमा आफ्ना मौलिक कृषि उत्पानलाई प्रस्तुत गरेर मात्रै कृषि क्षेत्रको व्यापार बिस्तार गर्न सहज हुने बताए ।

    उनले भने, ‘हामीले कृषि उत्पादनलाई प्रवद्र्धन गर्न जरुरी छ । अर्थतन्त्र सबल बनाउन र हाम्रो जीवनलाई स्वस्थ बनाउन पनि हाम्रा आफ्नै खेतबारीमा उत्पादन हुने मौलिक उत्पादनहरुमा जोड दिनुपर्छ । कृषि सामग्रीहरु किन नराख्ने यस्ता महोत्सवमा । भक्तपुरले यस्ता महोत्सवहरुमा आफ्ना मौलिक कृषि उत्पानलाई प्रश्तुत गर्नुपर्छ ।’

    सो अवसरमा मन्त्री भुसालले महोत्सवको अवलोकन गरेका थिए । भक्तपुर पुग्ने आन्तरिक तथा वाह्य पर्यटक लक्षित महोत्वस आयोजना गरिएको हो । महोत्सवमा खाद्यान्न, लत्ताकपडा, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा, मोबाइल, सवारी साधनलगायतका कक्ष रहेका छन् । सामानमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । महोत्सवमा करिव पाँच लाख उपभोक्ताले अवलोकन गर्ने तथा १० करोडदेखि १२ करोडसम्मको कारोबार हुने अपेक्षा गरिएको छ । ११ दिनसम्म चल्ने महोत्सवमा विभिन्न कलाकारको सांगीतिक प्रस्तुति रहनेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend