logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • पर्वहरुले अनेक समुदायबीचमा सहिष्णुता प्रदान गर्छः सभामुख घिमिरे

    पर्वहरुले अनेक समुदायबीचमा सहिष्णुता प्रदान गर्छः सभामुख घिमिरे

    1K
    Shares
    पर्वहरुले अनेक समुदायबीचमा सहिष्णुता प्रदान गर्छः सभामुख घिमिरे

    काठमाडौँ । सभामुख देवराज घिमिरेले पर्वहरुले अनेक समुदायबीचमा सहिष्णुता प्रदान गर्ने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित रमजान (रोजा) समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले एक समुदायले अर्को समुदायलाई आफ्ना चाडपर्वहरुमा बोलाउँदा सद्भाव, सहयोग, समझदारी र धार्मिक सहिष्णुता आदानप्रदान हुने बताए । उनले देश निर्माणका लागि मुस्लिम समुदायले नेपालमा लामो समयदेखि हत्वपूर्ण भुमिका खेल्दै आएको पनि बताए ।

    उनले भने, ‘मुस्लिम समुदायले देश बनाउनका लागि लामो समयदेखि ठूलो योगदान गर्दै आएको छ । हाम्रा हिन्दु धर्मावलम्वीहरुको दशैँ, मुस्लिमहरुको इद एक अर्कामा मिलेर मनाउने गरिएको छ । यसले एक अर्काको सद्भावलाई बढाएको छ । यो पर्वले हाम्रो सद्भाव, सहयोग, समझदारी र धार्मिक सहिष्णुता प्रदान गर्नेछ ।’

    सभामुख घिमिरेले इस्लाम धर्मावलम्वीहरुका लागि रमजान पर्व हिन्दुहरुको दशैँ जस्तै भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend