
काठमाण्डौ । आगामी २९ चैतमा हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा स्टक ब्रोकरहरुको तर्फबाट केन्द्रीय सदस्यमा भरत रानाभाटले उम्मेदवारी दिने भएका छन्।
स्टक ब्रोकर एसोसिएन अफ नेपालका पूर्व अध्यक्ष समेत रहेका व्यवसायी तथा प्रभावशाली ब्याक्ति रानाभाटलाई महासंघको आसन्न ५७ औँ वार्षिक साधारणसभामा पहिलोपटक एसोसिएटतर्फको सदस्य पदमा स्टक ब्रोकरहरुका तर्फबाट साझा उम्मेदवार बनाउन लागिएको हो ।
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अनुसार महासंघको निर्वाचनमा एसोसिएटतर्फको सदस्यमा भरत रानाभाटले उम्मेदवारी दिनेछन् । ‘महासंघमा यो स्टक ब्रोकरका तर्फबाट पहिलो उम्मेदवारी हुने संघले जनाएको छ ।
कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५) का सञ्चालक हुन् रानाभाट । एसोसिएटतर्फ महासंघका २८ वटा स्टक ब्रोकर कम्पनीहरु सदस्य छन् ।
महासंघको वार्षिक साधारणसभा यही चैत २८ र २९ मा हुँदैछ। सभाले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र कार्यकारिणी समितिका सदस्यहरुको निर्वाचन गर्नेछ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend