logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • म इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन : मेयर साह

    म इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन : मेयर साह

    3.5K
    Shares
    म इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन : मेयर साह

     

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आज संघीय सरकारमाथि खनिएका छन् । सरकारले आफूलाई असहयोग गरेको बताउँदै आएका साहले सरकारमाथि पटक–पटक कडा टिप्पणी गर्दै आएका छन् ।

    त्यसै क्रममा उनले आज बिहान आफ्नो फेसबुक पेज र एकाउन्टमा फरकफरक टिप्पणी गरेका छन् ।

    आज बिहानै फेसबुक पेजमार्फत सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका मेयर साहले फेसबुक एकाउन्टमा अर्को स्टाटस लेख्दै नेपालको सरकार भारत र चीनले बनाउने गरेको आरोप लगाएका छन् ।

    ‘इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन म’, उनले प्रश्न गरेका छन्, नेपाल स्वाधीन कहिले हुने ?’

    मेयर साहले आफ्नो अस्तित्व कहिले बनाउने भन्दै प्रश्नसमेत गरेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend