logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • चार पत्रकारिता पुरस्कारको घोषणा

    चार पत्रकारिता पुरस्कारको घोषणा

    1.9K
    Shares
    चार पत्रकारिता पुरस्कारको घोषणा

    गण्डकी । नेपाल पत्रकार महासङ्घ कास्की शाखामा स्थापित चार पुरस्कार तथा सम्मानको निर्णय सार्वजनिक गरिएको छ ।

    महासङ्घको शुक्रबार बसेको बैठकले ‘पोखरा पत्रकारिता सम्मान–२०७७’ बाट पत्रकार नवीन सिग्देल र विसं २०७८ को ‘टङ्कादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको हो ।

    ‘पोखरा पत्रकारिताका सम्मान’को राशि ३५ हजार र पत्रकार गुरुङले प्राप्त गर्ने पुरस्कारको राशि २० हजार एक सय ११ रहेको छ । यस्तै ‘जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कार–२०७८’ पत्रकार गौरव त्रिपाठी र २०७९ पत्रकार दुर्गा रानालाई प्रदान गर्ने निर्णय भएको शाखाका अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् ।

    सो पुरस्कारको राशि ११ हजार एक सय ११ रहेको छ । महासङ्घले प्रदान गर्ने संस्थागततर्फको सम्मान पोखरास्थित ‘लक्ष्मी हाउस’लाई प्रदान गरिने भएको छ । पत्रकारिता क्षेत्र र महासङ्घको संस्थागत विकासमा पुर्‍याएको योगदानबापत पत्रकारलाई पुरस्कृत गर्न लागिएको महासङ्घले जनाएको छ ।

    महासङ्घद्वारा गठित प्रतिभा छनोट समितिको सिफारिसका आधारमा पुरस्कार तथा सम्मानको निर्णय गरिएको शाखा अध्यक्ष भण्डारीले बताइन् । यही चैत २९ गते प्रदेश प्रमुख पृथ्वीमान गुरुङको प्रमुख आतिथ्यमा हुने समारोहमा पुरस्कार समर्पण गरिने जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend