logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राष्ट्रिय युवा संघको महाधिवेशनमा छलफल हुन आवश्यक दुई मुद्दा

    राष्ट्रिय युवा संघको महाधिवेशनमा छलफल हुन आवश्यक दुई मुद्दा

    4.7K
    Shares
    राष्ट्रिय युवा संघको महाधिवेशनमा छलफल हुन आवश्यक दुई मुद्दा

    काठमाडौँ –  यहि चैत २७–२९मा राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन नेपालगन्ज बाँकेमा सम्पन्न हुदैछ । महाधिवेशन नेतृत्व चयनसंगै नितीको चयन गर्ने थलो हो । उचित नीति बिनाको कुसल नेतृत्वले चाहेर पनि संगठनलाई उदेश्य तर्फ परिचालित गर्न सक्दैन । हाम्रो समाज र संगठनमा धेरै मुद्दाहरु छन् जुन हामीले बहसमा ल्याउनु पर्ने आवश्यक छ । यहाँ हामी यिनै मध्य दुई विषयमा चर्चा गर्दै छौ जुन राष्ट्रिय युवा संघ नेपालको महाधिवेशनमा छलफल हुन आवश्यक छ ।

     उमेरको परिभाषा
    नेपालको युवा नीतिले युवाको परिभाषा प्राबिधिक हिसाबले गरेको छ । युवा भन्नाले १६ देखि ४० बर्ष सम्मका नागरिकलाई जनाउने छ  भनेर परिभाषित गरीएको छ । राष्ट्रिय युवा संघ नेपालको विधानले पनि युवालाई सोहि हिसाबले परिभाषित गरेको छ । सोहि अनुसार युवाहरुलाई संगठित गर्ने गरेको छ । यो परिभाषालाई युवा मान्दा नेपालको कानुनी  व्यवस्था  अनुसार एक महिला र पुरुषले २० बर्षको उमेरमा विवाह गर्न पाउने वैधानिक व्यवस्था छ । यसो हुँदा  उक्त महिला र पुरुष २१ बर्षको उमेरमा बच्चाको अभिभावक हुन सक्छन् । आमा र बाबु  ३७ बर्ष पुग्दा बच्चा १६ बर्षको पुगिसकेको हुन्छ । परिभाषा अनुसार यहाँ दुइ पुस्ता  युवा भित्र पर्छन । दुई पुस्ताको आवश्यकता र परिवेश समान हुन सक्दैन । त्यस कारण हामीले संगठित गर्ने गरेको युवाको प्राविधिक परिभाषामा छलफल गर्न आवश्यक छ ।

    यसमा के गर्न सकिन्छ ?
    पहिलो यसमा हामीले उमेरको परिभाषा परिवर्तन गर्न सकिन्छ । हामीले दुइ पुस्तानै युवा नहुने गरि परिभाषित गर्दै युवालाई संगठित गर्न सक्नुपर्छ । जस्तै १८ उमेर देखी ३३ वा १९ देखी ३४ वा २० देखी ३५ वा दुई पुस्तानै युवा नहुने गरि छलफलको निष्कर्ष अनुसार निर्धारण गर्न सक्नु पर्छ ।
    दोस्रो हामीले युवाहरुलाई पनि दुई भागमा विभाजित गर्न सक्छौ । १६ देखि ४० बर्ष विचको एउटा निश्चित उमेरलाई मध्य भागलाई मान्ने । सो भन्दा आघिको उमेरका युवालाई किशोर युवा र पछिको उमेरका युवालाई परिपक्व युवामा विभाजित गर्न सक्छौ । यसरी परिभाषित गर्दा हामीले संगठनमा दुवै खालको उमेर  समुहका युवाका आवश्यकता र भावनालाई समेट्न सक्नु पर्ने हुन्छ । सो को लागि संगठनमा आबद्ध गराउदा हामीले किशोर युवाहरुको सहभागिताको ग्यारेन्टी गर्न निश्चित प्रतिशत आरक्षण व्यवस्था गर्न सक्छौ ।
    त्यस्तै हामीले अबलम्बन गर्दै आएको लेलिनवादी संगठनात्मक पद्दतिमा विभिन्न तहका कमिटीहरु छन् । यी कमिटीहरु मध्य टोल कमिटी, पालिका कमिटी, जिल्ला कमिटीहरुमा कोशोर युवाहरुलाई संगठित गर्ने । प्रदेश र केन्द्रिय कमिटीमा परिपक्व युवाहरुलाई संगठित गर्दौ र किशोर युवाहरुलाई निश्चित प्रतिशत आरक्षण व्यवस्था गर्न सक्छौ ।

     राष्ट्रिय युवा परिषदमा युवा नेतृत्वको सवाल
    राष्ट्रिय युवा परिषद राष्ट्रिय युवा संघ नेपालको उपलब्धि हो । संघका तत्कालिन अध्यक्ष महेश बस्नेतले युवाको क्षेत्रमा कामगर्ने युवाहरुकै निकाय हुनुपर्ने मुद्दाको उत्थान गरे । संघले यसलाई आफ्नो एजेन्डा बनायो । २०६६ सालबाट संगठनले यो मुद्दाको प्रारम्भ गरेको थियो । फलस्वरूप नेपाल सरकारले राष्ट्रिय युवा परिषद् ऐन २०७२ निर्माण गरि युवा परिषद्को स्थापना गर्यो । सरकारी तवरमा युवा निकाय स्थापना गर्न सफल भयौ । तर नेतृत्वको सवालमा हाम्रो मुद्दा अझै बाकी छ । राष्ट्रिय युवा परिषदमा अहिले मन्त्रिपरिषद्को निर्णयबाट नेतृत्व चयन हुने व्यवस्था छ । त्यस्तै प्रदेश नेतृत्वमा प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयबाट । तर आम युवाहरुले नै परिषद्को नेतृत्व चयन गर्न पाउनु पर्छ । यो हाम्रो अर्को मुद्दा हो ।

    यसमा के गर्ने सकिन्छ ?
    लोकतान्त्रिक पद्दतिबाट युवाहरुले नै परिषद्को नेतृत्व चुन्ने संबैधानिक व्यवस्था लागु गर्न सकिन्छ । स्थानीय निकायको निर्वाचनमा प्रत्येक वडाबाट ५ जना जनप्रतिनिधी चुनिन्छन् । यही निर्वाचनमा आवश्यक मापदण्ड सहित थप १ युवा प्रतिनिधि निर्वाचित गर्न सकिन्छ । यसो हुदा ६ प्रतिनिधी चुनिने व्यवस्था हुन्छ । स्थानीय निकायको निर्वाचन संगै युवा प्रतिनिधि चुन्ने व्यवस्था गर्न सक्दा सिमित खर्चमा प्रतिनिधि चुन्न सकिन्छ । मुलुकभरी  ६७४३ वडामा युवा प्रतिनिधी हुनेछन् र तिनले युवाहरुको भुइको मुद्दा सम्बन्धीत ठाँउमा पुर्याउन सक्छन ।
    वडाबाट निर्वाचित युवा प्रतिनिधि मार्फत ७५३ स्थानीय तहमा पालिका युवा परिषद निर्माण गर्न सकिन्छ र नेतृत्व चयन गर्न सकिन्छ । त्यस्तै यसैको माध्यमबाट ७७ जिल्लामा जिल्ला युवा परिषद निर्माण र नेतृत्व चयन गर्न सकिन्छ । त्यस्तै ७ प्रदेशमा प्रदेश  युवा परिषद र केन्द्रमा संघीय युवा परिषदको निर्माण र नेतृत्व चयन गर्न सकिन्छ । यसको लागि नेपाल सरकारले आवश्यक नीति परिमार्जन र स्पस्ट ऐन बनाउन जरुरत छ ।

    यसो हुदाँ के हुन्छ ?
    लोकत्रान्तिक पद्दति वाट युवाहरुले नै चुन्ने गरि चयन भएको नेतृत्वले युवाहरुको विषयमा सहि ढंगले काम गर्न सक्छ । यसरी निर्माण भएको परिषदले भुइको मुद्दा बोक्न सक्छ । त्यस्तै आम युवाहरु नेतृत्वमा पुग्न सक्ने कानुनी ढोका खोल्छ । अहिले नेपाली राजनीतिमा सक्षम युवा सहभागिता सवलमा चुनौती छ । यसले चुनौती चिर्न महत्वपूर्ण भूमिका खेल्छ । हामीले हाम्रो संगठन भित्र युवा परिषद्को टिकट दिने अधिकार राष्ट्रिय युवा संघ नेपालको तहगत कमिटीलाई दिन सक्छौ । यसो हुँदा  तहगत कमिटीहरु थप शसक्त हुन पुग्छ साथ साथै कमिटीहरु सहजै अद्यावधिक हुन्छ । समग्र युवा आन्दोलन र राष्ट्रिय युवा संघ नेपाल प्रति आम युवाहरुको फेदसम्म आकर्षण पैदा हुन्छ ।र नेपालको युवा आन्दोलन बिकाश गर्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
     (लेखकः मोदनाथ सिलवाल ‘सन्तोष’ राष्ट्रिय युवा संघ नेपालका पर्यटन विभाग प्रमुख हुन् ।)

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend