सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

शीर्ष तीन दलका नेताबीच सामुहिक विषयमा छलफल भयोः सभामुख घिमिरे

शीर्ष तीन दलका नेताबीच सामुहिक विषयमा छलफल भयोः सभामुख घिमिरे

काठमाडाैँ ।  सभामुख देवराज घिमिरेले शीर्ष दलका नेताहरुबीच कुराकानी नभइरहेको अवस्थालाई मध्यनजर गरेर बैठक बोलाइएको बताएका छन् ।

शनिवार सिंहदरबारस्थित कार्यालयमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठक पछिल्लो समय तीन राजनीतिक दलका नेताहरुबीचमा सामुहिक विषयमा कुराकानी हुन नसकेको अवस्थालाई मध्यनजर गरी बोलाइएको बताएका हुन् ।

उनले नेताहरुको बीचमा पछिल्लो समय कुनै सामुहिक विषयमा कुरकानी हुन नसकेको र आज सामान्य कुराकानी गराउने प्रयास भएको बताए ।

उनले भने, ‘सहमति र विमति भन्दा पनि नेताहरुको बीचमा आपसमा बसेर सामुहिक विषयमा कुराकानी भएको थिएन, सामान्य कुराकानी गराउन पहल भएको छ, सामान्य कुराकानी भएको छ ।’

सभामुख घिमिरेले नेताहरुबीच सामुहिक विषयमा छलफल भएको बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend