logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • फिलिपिन्समा आगलागी हुँदा ७ जनाको मृत्यु, ६० भन्दाबढी परिवार घरबारविहीन

    फिलिपिन्समा आगलागी हुँदा ७ जनाको मृत्यु, ६० भन्दाबढी परिवार घरबारविहीन

    1.5K
    Shares
    फिलिपिन्समा आगलागी हुँदा ७ जनाको मृत्यु, ६० भन्दाबढी परिवार घरबारविहीन

    एजेन्सी । फिलिपिन्सको मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तको एक आवासीय समुदायमा शनिबार राति आगलागी हुँदा एक दुई वर्षीया बालिका र एक १२ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको छ ।

    राति १० बजेअघि आगलागी भएको थियो । स्थानीय समय अनुसार शनिबार तायटे शहरमा तीव्र गतिमा फैलिएको आगोले छरछिमेकमा ४० भन्दाबढी घरहरू आगोको चपेटामा परेका थिए ।

    अग्निपीडितहरू घरमा फसेका थिए र भने केही शवहरू भान्साको भुइँमा र बाथरूम भित्र फेला परेको प्रहरीले जनाएको छ। उक्त आगलागीका कारण ६० भन्दाबढी परिवार घरबारविहीन भएका छन् । आगलागीको कारणबारे अनुसन्धान भइरहेको दमकल विभागले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend