logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • चिसापानी पर्यटकका लागि नेपालकै आकर्षक गन्तव्य: अध्यक्ष भट्टराई

    चिसापानी पर्यटकका लागि नेपालकै आकर्षक गन्तव्य: अध्यक्ष भट्टराई

    1.9K
    Shares
    चिसापानी पर्यटकका लागि नेपालकै आकर्षक गन्तव्य: अध्यक्ष भट्टराई

    भजनी । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पर्यटकका लागि कर्णाली चिसापानी नेपालकै एक आकर्षक गन्तव्य भएको बताएका छन्। आज कर्णाली नदीमा र्‍याफ्टिङ गर्ने क्रममा पत्रकारलाई प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले कर्णाली चिसापानी पर्यटकहरुका लागि आकर्षणको गन्तव्यका रुपमा रहेको बताए ।

    ‘सुदूरपश्चिमका लागि हिँडेका जुनसुकै व्यक्ति चिसापानी पुग्छ । चिसापानी पुल, कर्णालीनदीको र्‍याफ्टिङ, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको मूल नहर निकै रमणीय छन्’, उनले भने, ‘पर्यटकका लागि चिसापानी एक प्याकेज नै हो । पहाडबाट तराई झर्दा र तराईबाट पहाड चढ्दा पनि कर्णालीको जम्काभेटले थप महत्व दर्साउँछ । जसबाट राम्रो आयआर्जन गर्न सकिने सम्भावनाहरु पनि छन्।’

    उनले कर्णाली चिसापानीलाई राज्यले पर्यटन क्षेत्रको विकास हुने गरी लगानी गर्नुपर्नेमा जोड दिए । कर्णाली नदीमा र्‍याफ्टिङपश्चात् राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिँचाइ आयोजनाको अवलोकन तथा अनुगमन कार्यक्रममा उनले आयोजना निर्माणपश्चात् कैलालीको पूर्वी क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

    ‘सिँचाइ आयोजना पूरा भएपछि यस क्षेत्रका हजारौँ किसानले सहज सिँचाइ सुविधा पाउनाका साथै रोजगारीका अवसरलाई स्थापित गर्नेछ ।’ पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘कृषि मात्रै नभई विद्युत् पनि उत्पादन हुने भएको हुँदा त्यसले टीकापुरलगायत आसपासका क्षेत्रका नागरिकको आर्थिक उपार्जनमा टेवा पुग्नाका साथै अन्य सम्भावनालाई पनि स्थापित गर्नेछ ।’

    उनले आयोजनाको कामलाई तदारुकताका साथ तोकिएकै समयामा सम्पन्न गर्नेगरी काम गर्न आयोजना कार्यालयलाई निर्देशनसमेत दिए। पूर्वप्रधानमन्त्री भट्टराईले आयोजनाको काम समयावधिमा सम्पन्न हुने स्थिति नरहेको भन्ने जानकारी आएको बताउँदै निर्माण कम्पनीलाई कडाइका साथ काममा लगाउन निर्देशन दिए ।

    ‘यो आयोजना सिँचाइका लागि मात्रै नभई बाढी र डुबान कम गर्नका लागि पनि महत्वपूर्ण छ । आयोजनाको काम प्रभावकारी रुपमा सम्पन्न भएको अवस्थामा स्थानीयवासीको अन्नबाली मात्रै नभई वर्षौँको त्रास पनि समाप्त हुनेछ’, उनले भने, ‘रानीजमरा कुलरिया सिँचाइ आयोजना मात्रै नभई देशभरका सबै राष्ट्रिय गौरवको आयोजनाको काम सन्तुष्ट हुनेगरी हुन सकेको छैन । त्यसमा निर्माण कम्पनी र आयोजना कार्यालय बढी जिम्मेवार हुनुपर्छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend