logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • कैलालीमा एसईईका विद्यार्थी चढेको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु

    कैलालीमा एसईईका विद्यार्थी चढेको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु

    2.9K
    Shares
    कैलालीमा एसईईका विद्यार्थी चढेको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु

    धनगढी । कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तरगत चुरे गाउँपालिकाको फल्टुडेमा सुपप्र ०१००१ ज १४२३ को जिप दुर्घटना हुँदा चुरे गाउँपालिका–६ बस्ने १८ वर्षीय भानु ठकुन्नाको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका ठगुन्नालाई उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

    जिपमा सवार चुरेकै १६ वर्षीय प्रकाश धामी, १७ वर्षीय हरिश धामी र १८ वर्षीया सरस्वती धामी पनि घाइते भएका छन् । उनीहरुको अत्तरियाको पद्यमा अस्पतालमा उपचार भइरहेको छ । उनीहरु एसईई दिइएर घर फर्किरहेका थिए ।

    जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend