मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति ?

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ। गत कारोबार दिन अर्थात् मंगलबार प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको मूल्य बुधबार पनि प्रतितोला एक हजार रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला एक हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।मंगलबार चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा किनबेच भएको थियो। मंगलबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend