logo

२०८१ कार्तिक १६ शुक्रबार

logo
  • शुक्रबार, १६ कार्तिक २०८१
  • तीन जना शेर्पा आरोही बेपत्ता

    तीन जना शेर्पा आरोही बेपत्ता

    1.2K
    Shares
    तीन जना शेर्पा आरोही  बेपत्ता

    काठमाडौं । सगरमाथामा तीन शेर्पा आरोही बेपत्ता भएका छन् । पर्यटन विभागले जानकारी अनुसार उनीहरु आज बिहान साढे ९ बजेदेखि हराइरहेका छन् ।

    हराइरहेका आरोहीमा दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा रहेका छन् । उनीहरु बेस क्याम्पबाट क्याम्प वानको बीचमा बेपत्ता भएका छन् । अहिले सिम्रिक एयरको हेलिकप्टरमार्फत उनीहरुको खोजी कार्य भइरहेको छ ।

    उनीहरुको उद्धारका लागि स्थलमार्गबाट समेत टिम खटिएको छ । अहिले सगरमाथा आरोहणलाई सहज बनाउन बाटो बनाउने तथा अत्यावश्यक सामान लैजाने काम जारी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend