logo

२०८१ जेष्ठ २० आइतबार

logo
  • आइतबार, २० जेष्ठ २०८१
  • उपन्यास ‘बेग्लै आकाश’ र ‘खटप्वाल’ सार्वजनिक

    उपन्यास ‘बेग्लै आकाश’ र ‘खटप्वाल’ सार्वजनिक

    2K
    Shares
    उपन्यास ‘बेग्लै आकाश’ र ‘खटप्वाल’  सार्वजनिक

    काठमाडौँ । साहित्यकार घनेन्द्र ओझाद्वारा लिखित ‘बेग्लै आकाश’ र प्रमोद प्याकुरेलद्वारा लिखित उपन्यास ‘खटप्वाल’ बजारमा आएको छ ।

    विविध क्षेत्रमा स्थापित विशिष्ट व्यक्तित्वहरूको सङ्क्षिप्त जीवनी समेटिएको ‘बेग्लै आकाश’ पुस्तकमा समेटिएका व्यक्तित्वहरूबाटै पुस्तक विमोचन गरिएको थियो भने ‘खटप्वाल’ समालोचक रमा शर्मा, गीतकार यादव खरेल, समालेचकहरू महेश पौड्याल, डा अशोक थापा, लेखक प्याकुरेललगायतले गरे ।

    बेग्लै आकाशमाथि टिप्पणी गर्दै समालोचक पौड्यालले नेपाली साहित्य, प्राध्यापन, बैङ्किङ, राजनीतिलगायत विविध क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाइसकेका व्यक्तित्वहरूका जीवन सङ्घर्ष, साहित्य÷सङ्गीतयात्रा, राजनीतिक सङ्घर्ष, सरकारी जागिरका सकसबारे बुझ्न यो पुस्तक उपयोगी हुने बताए ।

    पौड्यालले पुस्तकमा समेटिएका व्यक्तित्वहरू स्वयम्मा आमजनका प्रेरणा रहेका भन्दै उनीहरूका लुकेका पाटाहरू पनि पुस्तकमा उजागर हुनु तथा उनीहरुका भोगाइ र सङ्घर्षले पाठकलाई छुट्टै ऊर्जा दिने बताए। उनले हार नखाई सङ्घर्ष गर्न पुस्तकले प्रेरित गर्ने धारणा राखे ।

    खटप्वालबारे समालोचक डा अशोक थापाले प्रमोद प्याकुरेलले नेपाली ग्रामीण जीवनका चित्र उपन्यासमा उतारेको बताए। प्रकृतिको मानवीकरण गर्दै दार्शनिक तवरले समकालीन नेपाली समाजका यथार्थ उपन्यासमार्फत प्रकट गरेको उनको भनाइ छ ।

    लेखक ओझाले बेग्लै आकाशमाथि लैङ्गिक हिसाबले एकपक्षीय भएको, आधा आकाश महिलालाई बेवास्ता गरिएको भनेर व्यापक आलोचना भएकोतर्फ इङ्गित गर्दै आफू विभेदकारी संस्कारबाट नआएकाले लैङ्गिक, जतीय वा यस्ता कुनै भासबाट मुक्त भएकाले आरक्षण कोटाका नाममा एक–दुईजना महिला नराखेको जनाए ।

    बेग्लै आकाशमा लोकेन्द्रबहादुर चन्द, यादव खरेल, डा विमल कोइराला, प्राडा कृष्णहरि बराल, प्रतीक ढकाल, कृष्ण धरावासी, डा भोजराज घिमिरे, केशव भट्टराई, शङ्कर कोइराला, डा घनश्याम न्यौपाने ‘परिश्रमी’, चूडामणि देवकोटा, डा रामप्रसाद ज्ञवाली, दिनेश अधिकारी र शक्तिबल्लभका जीवनी समेटिएको छ ।

    दुवै पुस्तक पेज टर्नर प्रालिले प्रकाशन गरेको हो । प्रालिका अध्यक्ष भरत पौडेलले पेज टर्नर नेपाली प्रकाशनका क्षेत्रमा नयाँ भएको तर यसले नेपाली भाषा र साहित्यका क्षेत्रमा गहन काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend