logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • फेवा किनारमा नववर्ष महोत्सव

    फेवा किनारमा नववर्ष महोत्सव

    2.3K
    Shares
    फेवा किनारमा नववर्ष महोत्सव

    काठमाडौँ । नयाँ वर्ष २०८० को छेकोमा पोखराको फेवा किनारमा ‘१८औँ फेवा नववर्ष महोत्सव’ सुरु भएको छ । होटल सङ्घ पोखराद्वारा आयोजित महोत्सवको बुधबार पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।

    कोभिड–१९ महामारी, आर्थिक सङ्कटजस्ता कारणबाट शिथिल बनेको पर्यटन व्यवसायलाई उकास्ने उद्देश्यले महोत्सव आयोजना गरिएको होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । ‘पर्यटक भित्र्याउन, संस्कृति देखाउन र स्थानीय खानाको स्वाद चखाउन महोत्सव आयोजना गरिएको हो’, उनले भने, ‘पोखराको पर्यटन प्रवद्र्धनमा नववर्ष महोत्सवले महत्वपूर्ण टेवा पुर्‍याउँदै आएको छ ।’

    महोत्सवको मुख्य ‘थिम’ नै पर्यटन, संस्कृति र खाना रहेको छ । लेकसाइडको फिस्टेल गेटदेखि हल्लनचोकसम्मको सडकमा वैशाख १ गतेसम्म महोत्सव चल्नेछ । महोत्सवको अवसरमा पोखराका व्यवसायीले होटलमा २० प्रतिशत छुटको व्यवस्था गरेका छन् ।

    महोत्सवले पर्यटकीय गतिविधि बढ्ने विश्वास आयोजकले लिएको छ । पछिल्लो समय पर्यटक आगमन घटेपछि व्यवसायी चिन्तित छन् । महोत्सव अवधिभभर विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend