logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रचण्ड नेतृत्वको सरकार तीन वर्ष चल्छ : माधव सापकोटा

    प्रचण्ड नेतृत्वको सरकार तीन वर्ष चल्छ : माधव सापकोटा

    2.4K
    Shares
    प्रचण्ड नेतृत्वको सरकार तीन वर्ष चल्छ : माधव सापकोटा

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार तीन वर्ष चल्ने बताएका छन् । बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सांसद सापकोटाले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकार आगामी तीन वर्षसम्म चल्ने बताएका हुन् ।

    उनले वर्तमान सत्तारुढ गठबन्धन निर्माण गर्दा नै दाहालको नेतृत्वमा तीन वर्ष सरकार चलाउने सहमति भएको दाबी गरे । उनले गठबन्धनका दलहरुका बीचमा अविश्वास नरहेको स्पष्ट पार्दै पूर्व समझदारी अनुसार नै सरकार अगाडी बढीरहको बताए ।

    उनले भने– ‘शेरबहादुर देउवाको नेतृत्वमा पनि सरकार बन्छ । आलोपालो सरकार भनेका छौँ । हामीले घोषित रुपमै कुरा गरेका छौँ । त्यसैले पहिलो चरणको सरकारको नेतृत्व प्रचण्डले गर्नुहुन्छ, गरिरहनुभएकै छ । त्यसपछाडी शेरबहादुर देउवा नेतृत्वमा सरकार बन्छ । अविश्वास पनि छैन । नेपाली काँग्रेस आफैँभित्र सरकार निर्माण, मन्त्रिपरिषद् बिस्तारका बारेमा आफ्ना विभिन्न मतहरु छ । न्युनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । टिआरसी टुंग्याउनका निमित्त प्रचण्ड र शेरबहादुरस्वयंले सभामुख र प्रमुख प्रतिपक्षसँग संयुक्त रुपमा डिल गरिराख्नुभएको छ । हिजो जे विगतमा समझदारी विकास गरिएको थियो सो समझदारी अनुसार नै गइराखेको छ । तीन वर्ष प्रचण्डले नेतृत्व गर्ने । एक, एक वर्ष भन्ने छ । अरु प्राविधिक कुरा त हुँदैजाला, तीन वर्ष प्रचण्डले सरकारको नेतृत्व गर्नुहुन्छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend